झापा ÷ पूर्व–पश्चिम
राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा मंगलबार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै
गरेको ना ४ ख ७५०९ नम्बरको बसले को ९ प ८१५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा पछाडि सवार १५ वर्षीय उमेश खड्का र अमर लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ भने दुर्घटना
गराउने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

