झापा ÷ बिर्तामोडका होटल तथा लजहरुमा यौनधन्दा फस्टाएको भन्दै झापा प्रहरीले विशेष अभियान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ स्थित युनिक होटल एण्ड लज र सोही ठाँउका भ्यू पोईन्ट होटल एण्ड लजमा सोमबार छापा मारेको हो ।
होटल तथा लजहरुमा युवती तथा महिला राखेर यौनधन्दा चलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले होटलमा छापा मारेको थियो ।
प्रहरीले युनिक होटल एण्ड लजका सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन् ।

