धरान उपमहानगरपालिकाले एकअर्ब ८० करोडको बजेट आइतबार सार्वजनिक गरेको छ । सुनसरी उद्योग बाणिज्य संघ धरानको सभाहलमा भएको ‘तेस्रो नगर सभा’ ले आर्थिक वर्ष २०७५÷०७६ को लागि उक्त बजेट विनियोजन गरेको हो । योजना छनौट तथा बजेट तर्जुमा समितिका संयोजक तथा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बजेट प्रस्तुत गर्नुभएको छ । चालुतर्फ ४४ करोड ५६ लाख ५४ हजार ८ सय रुपैया र पूँजिगत खर्चतर्फ १ अर्व ३२ करोड ५१ लाख ४५ हजार २ सय रुपैयाको बजेट सार्वजनिक गरेको हो । नगरले पर्यटनलाई प्रमुख प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । पर्यटन विकासको लागि पर्यटकिय स्थलहरुको पूर्वाधार विकास तथा पर्यटन प्रबद्धनको लागि २ करोड ६२ लाख विनियोजन गरेको छ । खेलकुदको पूर्वाधार निर्माण र खेल विकासका लागि १ करोड २ लाख बजेट विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार विकास साथै क्रमागत योजनाका लागि १३ करोड विनियोजन छुट्याएको छ । नगर
गौरवका आयोजनाका लागि ७ करोड रुपैया बजेट छुट्याएको छ । जनसहभागितालाई प्राथमिकतामा राख्दै एक वडामा एक योजनासहित ४ करोड ६७ लाख बजेट विनियोजन गरिएको
छ । नगर कोषको लागि १ करोड विनियोजन गरिएको नगर सभाले जनाएको छ । २०७५ साल भित्र बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने लक्षय लिएको छ । बहुजातीय संग्राहलय निर्माणलाई निरन्तरता गर्ने जनाएको छ । प्रदेश सकारबाट १५
करोड विकास योजना बजेट धरानमा मात्र आएको नगर प्रमुख तारा सुब्बाले बताउनुभयो । नगरसभामा धरान कार्यपालिकाका सदस्य, उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरे, वडाका वडाध्यक्ष तथा सदस्यहरु लगायत कर्मचारी सहभागी रहेका थियो । नगर सभा मंगलबारसम्म चलेको थियो ।
त्र

