बेइज्जत भो रे
हामी नेपाली अर्काको खिसीटिउरी गर्न उधुमसँगै जान्दछौं । आफूचाहिँ भुत्लोभाङ्ग लछारपाटो केही लगाउने हैन अनि अरुको पिँध पखाल्न खप्पिस । अब हेरौ न हाम्रा दुई तिहाईका बलिष्ठ पर्धानमन्तरी चीन भ्रमनमा गएसी नेकपा माओवादी क्रान्तिकारीका अध्येक्षे मोहन वैधाउको कन्सिरी रन्कनुसम्म रन्किया रै’छ । प्रचण्डाउले जस्केलाबाट बाहिर निकाल्या वैधाउलाई खप्रओसँग त्यति विधि रिस किन उठ्या होला ? यहाँ अलिकति चाँजो पाँचो नमिलेर पो नत्र पर्धानमन्तरी खप्रओ चाइनबाट
रेल चढेरै नेपाल फर्कन्थे । कायापलट गर्ने १० सम्झौता गर्न गा’दिन देखि नै विचाराले कडा मेहनत गरे । रातदिन दौडिया दौडियै । कहिले बेइजिङ्ग पुगे र कहिले हस्याङ फस्याङ गर्दै तिब्बततिर झरे । उन्ले काम गरे कि गरेनन् भन्ने कुरा त साथमै गा’का १ सय १९ जना साक्षी छन् । उनेरलाई सोध्दा भै’ हाल्छ नि । तर वैधाउचाहिँ चीनको महँगो होटलमा सुतेर आएको भनेर खिसिटिउरी गर्छन् । अरु कम्निष्ट चाहिँ १३ र्आं सहायक मन्तरीले खप्रओको स्वागत
गरेर देशकै वेइज्जत भयो भनेर नाक फुलाउँछन् । हुन त सर्पको खुट्टा सर्पले नै देख्छ भन्छन्, कम्निष्टको कुरा कम्निष्टले नै त जालान् नि †
का“गे्रसको हेटौडामा रत्यौली
घाती, अन्तरघाती, प्रतिघाती काँग्रेसको गोडा चारेक दिन हेटौडामा राम्रै रत्यौली जमेछ । वालाला काजी देखि उन्का नन्दीभृंगीहरुले रत्यौलीमा आफ्नो कला पस्केछन् । रामचन्द्रे बाजे र कृष्ण सिटोलोले एकातिर आसन जमाएछन् भने वालाला माने पार्टी सभापति स्यालबहादुर तिनका सहयोगी टाटे विमलेन्द्र निधि, बालकृष्ण खाँड अर्कातिर आसनमा बसेछन् । अन्तेमा रत्यौली गीत त्यो पनि दोहोरी तालमा घन्कदै गएछ । अन्तेमा वालालाले हात उठाएछन् र भनेछन् टिकट वितरणमा गल्ती गरेँ अब उप्रान्त त्यस्तो हुँदैन भनेर टुंग्याएछन । अनि २१ बेकामे पत्र तयार पारेर ताली पिटेछन् । जे होस् हेटौडामा रत्यौली ७७ वटै जिल्लाका सभापतिहरुका लागि यादगार भएछ ।
डकारै ठूलो
घरेलृ मन्तरी रामबहादुर थापालेचाहिँ केही गर्लान भन्या त उही खसी बाख्री एकै धोधरीजस्तो पो हुने देखियो । काम गर्नु भन्दा बडी डकार्ने र खोस्ने भएसी कताको काम हुनु ? अब हेरौ न अस्तिका दिन देशका १ सय ९० जना बरिष्ठ गुण्डाहरुलाई इन्काउन्टर गर्ने भनेर नामै निकालेछन् । इन्काउन्टर पनि कही नाम निकालेर हुन्छ ? फेरि देशका बरिष्ठ गुण्डाहरु सुइँको पाउने वित्तिकै परदेशतिर हान्नि हाल्छन् । गर्न चाहिँखाज्ने र भाँतीचाहिँ नपु¥याउने । भाँति पु¥याएर काम गरे पो सफल हुन्छ पहिला नै खोक्ने र डकार्ने गरेसी बातै खलास भैगयो नि । हुन त घरेलु मन्तरीले अहिलेसम्म कुनैपनि काम पार लगाएका छैनन् । न सिण्डिकेट तोडेका छन्, न ठग ठेकेदारलाई क¥याप्प समातेर जेल हाल्या छन् न एनजिओ आइएनजिओ वालाको सम्पत्ति छनबिवन गर्न सक्यण छन् । अब त घरेलु मन्तरी पनि गफाडी जस्ता लाग्न थाल्या छन् । आखिरी खप्रओको सरकारका घरेलु मन्तरी न
ठहरिए ।
समृद्धि हुदैन रे
हाम्रा सूचना तथा सञ्चारमन्त्री नि गज्ज्बकै मान्छे हुन वा † अब हेरौ न अस्तिका दिन उन्ले भक्तपुरतिर गएर भनेछन् असारे विकासले मुलुक सम्बद्धि आउदैन रे । कम्ता बाठा छन् सूचना मन्त्री गोकुल बास्कोटा ? के गर्दा सम्बृद्धि आउँछ भन्ने कुरा बास्कोटालाई राम्ररी थाहा छ । पत्रपत्रिका, रेडियोको कार्जेक्रम, टिभीको कार्जेक्रम रोक लगाएसी सम्बृद्धि नाथे त दौडी दौडी आउँछ भन्ने राम्रो ज्ञान छ बास्कोटलाई । यसका लागि केही दिन पहिले उन्ले टिभीको एउटा कार्जैक्रम बन्दै गराएर सफल परीक्षण समेत गरिसकेका छन् । आसारे विकास भन्या त टालटुले त हो । आज टाल्यो भोलि ह्वाङ्ग । कि कसो हौ मन्तरीज्यू ?
धरौटीमा छुटे
श्रीनिवाचार्य भन्ने जोगी अस्तिका दिन धरौटमा छुटेछन् राज्येले उनीमाथि साह«ै ठूलो अन्यायचाहिँ गरेकै हो । आफैले आपूmलाई गोली हान्न लगाउनु भन्या त वडो साहसिक काम पो हो त ? आफैले आफूलाई गोली आन्न लगाउँदा कानुनले तिन्लाई सजाय गर्ने अधिकारै छैन । अर्कालाई गोली हानेर घाइते बनाएका हैनन् क्यारे । आफैले आफूलाई गोली हान्न लगाउँदा पनि उन्लाई पापिस्ट
सरकारले जेल हाल्या थ्यो । सरकारले लोकतान्त्रिक व्यवस्थामा व्यक्तिको स्वतन्त्रता हनन गर्नु त भएन नि तर ढिलै भए पनि अदालतले श्रीनिवासाचर्यालाई ५ हजार धरौटीमा
रिहा गरेछन् । धन्य हो अदालत ? कमसेकम आचार्यको व्यक्तिगत अधिकार हनन त भएन ?
भाग्यै खोटो
भाग्यै खोटो भएसी’ कस्को के लाग्छ ? घरको मुली गतिलो भए पो घर व्यावहार सप्रन्छ, सन्तान सही बाटोमा लाग्छन् । घरको मुली नै बेकामे भएसी’ कर्मलाई दोष त दिनै प¥यो । अब हेरौ न अस्तिका दिन राष्ट्रिये सभाका सांसदहरुको पदावधि गोला प्रथाबाट तय गरिएछ । गोला प्रथाबाट छक्का हान्ने भाग्यमानीचाहिँ कम्युनिस्टहरु नै परेछन् । माने धेरैको पदावधि ६ बर्ष कायम भयो । तर काँग्रेसका सांसदहरुको पदावधि दुई चार बर्ष मात्रमा टुंगिने चिट्टा प¥यो । प्रत्त्यक्ष चुनाउमा पनि उही सत्तरीको सात हात लागी सुन्ने अनि राष्ट्रिये सभाको सांसदको पदावधि पनि थोरै । यसमा पक्कै षड्यन्त्र भा’छ । नत्र काँग्रेसका कसैको पनि टक्का छ का छ नहुनु त्यसै शंका भैहाल्छन् नि । अस्तिका दिन गोला प्रथबाट पदावधि नौटमा षड्यन्त्रको गन्ध आ’छ भनेर तु वक्तव्य निकाल्नु प¥यो । सडकमा भाते संगठनका भुराभुरी उफार्नु प¥यो सो गर्दा वेसै होला । कि कसो हौ ?
किन गा होलान ?
पूर्व झालेमाले र पूर्व माउवादी केन्द्र बीचमा एकता भा’ हो कि होइन हँ ? सरकाराँ सँगै बस्या छन् हामी मिलेम भनेर केन्द्रमा फलाक्छन्, निर्वाचन अयाोगमा दल समेत दर्ता गर्छन् । तर घण्टाघरलाई अझै पत्यार लाग्या छैन । केन्द्रतिर के भा’छ कुन्नि गामघरतिर अझै ङ्यार्रङुर्रर गरेको देखेसी’ कसरी पत्याउनु ? अब हेरम न अस्तिका दिन प्रदेशका एकजना मन्तरीले धरानमा एउटा झोलेंगे पुल उदघाटन गरे । धरान पूर्व झालेमालेको अखडा पनि हो । साच्चिको एकता भा भए कार्जेकर्ता कोही देखिएनन् ।
पूर्व माउवादीका काजेकर्ताहरु मात्र सल्बलाएका थे । साच्चिकको एकता भा भे झालेमाले कार्जेकर्ता किन गएनन ? अब उनेरलाई पार्टीले
कारबाही गर्ला नि नगर्ला ?
अन्तेमा
रातभरि करायो, दक्षिण हरायो भन्ने उखान सिण्डिकेटधारीहरुका सवालमा हुँबहुँ लागू हुने छेक छन्द देख्या छ । घरेलु मन्तरीले सिण्डिकेट खारेजीको घोषणा गरिसके नि यातायात मन्तरी रघुबीर महासेट तिनलाई जोगाउन मलजल गरिरहेको देखियो । पहुँचवाला सिण्डकेटधारीहरुले मन्त्री महासेठलाई राम्रै नजराना बुझाएजस्तो छ । सम्पत्तिका अगाडि महादेवका त तीन नेत्र भन्छन् । गतिलैसँग गुमु¥याउन पाएसी मन्त्री महासेठले सिण्डिकेलाई तोड्ने हैन जाड्ने काम गर्न थाल्या छन् रे । सिण्डिकेटसँग गुमु¥याएको रकमचाहिँ सेठले कस्का नाममा राख्लान् । यस भन्दा अगाडिको सबै रकम जेठानीको नाममा राखेको सम्पत्ति विनरनमा देखिएकै हो ।

