धरान÷इमान्दारिता, कर्तव्यनिष्ट, इच्छा शक्ति र पेशाप्रतिको वफादारिताले समाज सुधारमा अहम् महत्व राख्छ भन्ने उदाहरण बनेका छन् यतिबेला इलाका प्रहरी कार्यालय धरानका
प्रहरी नायव उपरीक्षक (डिएसपी)
रामेश्वर पौड्याल ।
झण्डै एक बर्षको उनको अथक मेहनतले धरानको शान्ति सुरक्षाको अवस्थामा आशातित सुधार भएको छ । साँच्चै नै एक बर्ष अगाडिको अस्तव्यस्त धरानको शान्ति सुरक्षा यतिबेला सुधारिएको छ । अपराधका घट्नामा कमी आएको छ । लागू औषधको विक्री वितरण र सेवनकर्ताहरु पलायनको स्थितिमा पुगेका छन् । सवारी दुर्घटना, मानव वेचविखन, जबरजस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, दुले गुण्डागर्दी, चोरी, ठगी लगायतका घट्नाहरु निस्तेज प्राय ः भएका
छन् ।
एक बर्ष अगाडिको धरान र हालको धरानको शान्ति सुरक्षामा ठूलो सुधार आएको धरानका उद्योगी व्यवसायी, राजनीतिकर्मी, अधिकारकर्मी, पेशाागत संघ संगठनका पदाधिकारी र आम सर्वसाधारणको अनुभव छ । खिरिलो ज्यान, तामसी भोजनबाट टाढा रहने क्विक एक्सनमा पुग्ने मात्र नभएर व्यवहारिकता र इलाका प्रहरी कार्यालय धरानमा कमान्डिङ्ग गर्ने विगतका प्रहरीको आचरणभन्दा पृथक स्वभावका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामेश्वर पौड्याललाई यसको श्रेय जाने
धरानका प्रतिष्ठित उद्योगी एवम् समाजसेवी रोशन सोनीको कथन छ । उद्योगी एवम् व्यवसायी सोनी भन्नुहुन्छ, इलाका प्रहरी कार्यालय
धरानमा डिएसपी पौड्याल जस्तो इमान्दार, क्विक एक्सनमा जाने प्रहरी अधिकृत आएकै थिएनन् । कसैसँग कुनै प्रकारको लेनदेनको बार्गेनिङ्ग नगर्ने, सेवाग्राहीहरुलाई नझुलाउने, अपराध र अपराधीसँग कुनै प्रकारको निकटता नराख्ने डिएसपी पौड्यालकै कारण धरानमा शान्ति सुरक्षाको स्थितिमा उल्ेखनीय सुधार आएको सोनीको कथन छ ।
उद्योगी एवम् समाजेसवी सोनीकै भनाईमा सहमत हुनुहुन्छ होटल एसोसिएसन अफ धरानका कोषाध्यक्ष कृष्ण पाठक । उहाँ भन्नुहुन्छ मैले होटल व्यवसाय गरेको आज तेह्र बर्ष भयो तर धरानमा पौड्याल जत्तिको क्लियर प्रहरी अधिकृत देखेको थिइन् । विगतका प्रहरी अधिकृतहरु विभिन्न तरिकाले घुमाएर कहिले गाडीको टायर फेर्नुपर्ने भयो, कहिले गाडीको सीसा फुटेकोले फेर्नु परेको छ, पेट्रोलिङ्गमा हिड्न इन्धन चाहियो, फलानो कार्यक्रम गर्न सहयोग चाहियो, मन्त्री वा फलानो प्रहरी अधिकृत आउँदै हुनुहुन्छ भनेर बारम्बार पैसा मागेर हैरान बनाउँथे । पेशाकर्मी भएको कारण उनीहरुको पनि सहयोग चाहिन्छ भनेर उनीहरुले माग गरे अनुसारको रकम दिन्थ्यौ । तर एक बर्ष यतादेखि हामी प्रहरीको त्यस्तो तनावबाट मुक्त छौं, पाठकले भन्नुभयो । यदाकदा हाम्रो होटलमा चिया कफी खान आउँदा पनि उहाँ पैसा तिरेर हिड्नुहुन्छ । पैसा लिन इन्कार गर्दा अब उप्रान्त तपाइको होटलमा चिया खान नआउने भन्नुहुन्छ । उहाँले भन्नुभयो अब उहाँको धरानको कार्यकाल दुई महिनाको छ भन्ने सुन्दै छौैं । आगामी दिनमा यस्तै प्रकारको डिएसपी हामीले अपेक्षा गरेका छौं, पाठकले भन्नुभयो । होटल व्यवसायी एवम् होटल एसोसिएन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठ भन्नुहुन्छ शान्ति सुरक्षाको सबाल र अपराधीलाई कारबाही गर्ने कुरामा उहाँले कसैसँग कुनै सम्झौता गर्नु भएन । डिएसपी पौड्यालले धरानमा आफ्ना कुनै कमजोरी छोडेको हामी व्यवसायीले पाएनौं । केही दिन अगाडि उहाँले भेडेटारबाट धरान आउँदा चेकजाँचका क्रममा सानो सवारी साधनका यात्रुलाई चालकसँग सवारी चालक अनुमतिपत्र नभएको निहुँमा बाटैमा छाडेर सवारी साधनमात्र इलाका प्रहरी कार्यालय पु¥याउनु भयो । कमसेकम यात्रुलाई धरान बजारसम्म व्यवस्थापन गरिदिएको भए राम्रो हुने थियो । धरान, भेडेटार एउटा पर्यटकीय स्थल हुन, सवारी चालक अनुमपति पत्र बोक्न बिर्सदा यात्रुहरुको विचल्ली पार्नु हुने थिएन । यद्यपि शान्ति सुरक्षाको क्षेत्रमा उहाँले देखाउनु भएको तत्परतालाई हामीले प्रशंसा भने गर्नैपर्छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
धरान मुलुकको एउटा शैक्षिक हव पनि हो । यहाँ अत्यन्तै राम्रा नीजि क्षेत्रका विद्यालयहरु समेत छन् । विगतमा इलाका प्रहरी कार्यालय धरानका डिएसपीको दुहुने ठाउँ निजी विद्यालयहरु पनि थिए । जसका कारण निजी विद्यालयका सञ्चालकहरु हैरान भएको युरेका माविका प्रिन्सिपल एवम् एरिया को अर्डिनेटर कमिटी (एसिसी) धरानका अध्यक्ष राजेन्द्र गुरुङ्गको कथन छ । उहाँ भन्नुहुन्छ धरानको शान्ति सुरक्षामा उहाँले अत्यन्तै सह्रानीय काम गर्नु भएको छ । यद्यपि मसँग डिएसपी पौड्यालको राम्रो पहिचान र हेलमेल छैन , पहिला पहिलाका प्रहरी अधिकृतहरु कहिले एक ट्रिप इँटा माग्ने, कहिले २५÷५० बोरा सिमेन्ट माग्ने, कहिले यति रकम सहयोग गर्नुप¥यो भनेर हैरान बनाउँथे । तर विगत एक बर्षदेखि धरानका निजी विद्यालयहरु यस्ता समस्याबाट मुक्त भएका छन्, प्रिन्सिपल गुरुङ्गले भन्नुभयो । यस्तै कथन छ नवोदय विद्या मन्दिर इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल निरकुमार राईको । उहाँ भन्नुहुन्छ, पहिला पहिला प्रहरीहरु विभिन्न बहानामा मोटो रकम चन्दा माग्थे तर एक बर्ष यता कुनैपनि प्रहरीहरु चन्दा माग्न आएका छैनन् ।
यसै सम्बन्धमा हामीले इलाका प्रहरी कार्यालय धरानका डिएसपी
रामेश्वर पौड्यालसँग शान्ति सुरक्षाको हिसाबले धरानमा धेरै ठूलो सुधार आएको छ । तपाईको अनुभवमा धरानमा सबैभन्दा ठूलो समस्या के देख्नु भएको छ र समग्र समस्याको समाधानमा के गर्नुपर्ला भन्ने जिज्ञासा राख्दा उहाँले भन्नुभयो धरानको सबैभन्दा ठूलो समस्या लागू आषध नै हो । लागू औषधकै कारण यहाँ दुले गुण्डागर्दी मौलाएको छ । लागू औषधले साथी साथी बीचमा मनमुटाव हुने, लागू औषध खरिद गर्न छुरा देखाएर बाटोमा बटुवाहरु लुट्ने, चोरी गर्ने काम भएको छ । अपराध गरिसकेकाहरुलाई कारबाही गर्नैपर्छ । लागू औषधको कुलतमा फस्न लागेका वा वामे सर्र्दै गरेका युवा पुस्तालाइ काउन्सिलिङ्गको जरुरी छ । अर्कोतर्फ धरानमा लेनदेनको समस्या पनि विकराल देखिदैछ । मिटर व्याजमा गुपचुप पैसा लगानी गर्ने र लिने अनि पछि आफू बर्वाद भएपछि प्रहरीकोमा आउने प्रवृत्ति छ यसमा सम्बन्धित पक्ष सचेत हुन जरुरी छ । यसैगरी पारिवारिक विछोड पनि धरानको अर्काे ठूलो समस्या हो । वैदेशिक रोजगारले यहाँका धेरै्रको घर परिवार वर्वाद भएको आफूले पाएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो विदेशबाट फर्किएर आउँदा श्रीमानले अर्की श्रीमति ल्याउने वा श्रीमति सम्पत्ति सहित बेपत्ता हुने । उनीहरुलाई विदेश जानबाट रोक्न वा सोचमा परिवर्तन गराउन जरुरी भएको उहाँको कथन छ ।
गत बर्ष अर्थात ०७४ भदौ १३ गते इलाका प्रहरी कार्यालय धरानमा आउनु भएका डिएसपी पौड्यालले लागू औषधमा संलग्न ९२ जनालाई प्रक्राउ गरी मुद्दा चलाउनु भएको पाइएको छ । जसमा पुरुष १सय १३ र महिला सात जना पक्राउ परेका थिए । उनीहरुको साथबाट १ हजार ३ सय ८६ एभिल एम्पुल, डाइजेलाव १३९९ एम्पुल, लुपिजैसिक १३८६ एम्पुल, फेनागन २१, नाइट्रोसन १७२२ ट्याब्लेट, गाँजा ६.७६ ग्राम, स्पाक्स्मो प्रोक्सिभन ३९५१ क्याप्सुल, म्ष्कभि ह्(म्ऋ ९८ बोतल, चरेश ५ ग्राम र एल.एस.डी. २ पत्ता (८ एमएमह ८ एमएम) जम्मा २४ थान रहेको छ । यसैगरी सवारी ज्यानमा ९ पुरुष, ज्यान मार्ने उद्योगमा २७ पुरुष र दुई महिला, चोरीमा १७ पुरुष र एक महिला, बहु विवाहमा ३ पुरुष र ३ महिला, ठगीमा ८ पुरुष र २ महिला माथि मुद्दा चलाइएको थियो । यसैगरी बैंकिङ्ग कसुरमा १२ पुरुष र दुई महिला, सरकारी छाप दस्तखत किर्तेमा एक पुरुष, अपहरण तथा शरीर बन्धक उद्योगमा एक पुरुष, सवारीबाट अंगभंगमा १ पुरुष, खोटा चलनमा ६ पुरुष, अनुुमति नलिई बैंकिङ्ग कारोबार गरेको कसुरमा १ पुरष र एक महिलमाथि मुद्दा चलाइएको थियो । यसैगरी जुवा तासमा १० वटा मुद्दा दर्ता गराइएको थियो जसमा ६५ पुरुष र ३ महिलालाई प्रक्राउ गरी ५,७३, २२५ रुपैया, २५ बुङ्ग तास, १६ थान कौडा बरामद गरिएको थियो । प्रहरी नायव उपरीक्षक पौड्यालको सक्रियतामा अवैध ढंगले गिट्टी, बालुवा उत्खनन गर्ने स्काभेटर, ट्याक्टरलाई समेत प्रक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको थियो । त्यसरी बुझाएका १२ ट्याक्टरका चालकहरुलाई पनि प्रक्राउ गरिएको थियो । यसैगरी माघ १९ गते धरान १७ इन्द्रेणी मार्ग बस्ने इन्द्र बहादुर मगरको घरको दक्षिण बरण्डामा सखुवा जातको चिरान काठ १४ थान बरामद गरी मगरलाई प्रक्राउ गरी आवश्यक कारबाहीका लागि सेक्टर वन कार्याल्य धरानमा बुझाइएको थियो । यसैगरी कार्तिक २४ गते एक लाख ७६ हजार मूल्य बराबरको ११ वटा गोरु, ४२ हजारको भन्सार छली सामान बरामद गरी सेतुवन्ध भन्सार कार्यालयलाई बुझाइएको थियो ।
यसैगरी गत जेष्ठ २ गते धरान १० स्थित मोरङ्गको शनिश्चरे १ बस्ने सुशान्त घतानी र नरेश कुमार घतानीलाई ७०९.१५ ग्राम अवैध सुनको टिल र गहना सहित प्रक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पूर्वी क्षेत्रीय कार्यालय इटहरीमा बुझाइएको थियो । जुन अवैध सुनको मूल्य ३० लाख रहेको छ ।
प्रहरी नायव उपरीक्षक पौड्यालको सक्रियतामा यस अवधिमा ठूलो संख्यामा फरार प्रतिवादीहरुलाई समेत प्रक्राउ गरिएको छ । धरान ११ बस्ने बुद्धी भन्ने बुद्धराज राई, धरान १७ बस्ने धिरज परियार, धरान २० बस्ने मन्दिप लिम्बु, धरान १० का नयन चाम्लिङ्ग राई, धरान ८ का सुरज गुरुङ्ग, धरान ११ का राजीव भुजेल,
धरान १५ का लिक्ते भनिने रवि तामाङ्ग, धरान ६ बस्ने पवन तामाङ्ग, धरान १६ बस्ने किरण बराइली, धरान ९ का कार्लोस भन्ने कुमार महत, धरान १६ का दिपक मगर र धरान ११ का जुने भन्ने अर्जुन
राईलाई प्रक्राउ गरिेको थियो । उनीहरुलाई चन्दा, जबरजस्ती करणी, सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, लागू औषध लगायका मुद्दामा कैद सजाय सुनाएका, पुपक्षका लािग थुनामा राख्ने आदेश दिएका र धरौटी बुझाउन नसकी फरार रहेका थिए ।

