सिचाइका लागि २७ सय स्यालो ट्युवेल सहयोग

धरान÷नेपाल भारत अनुदान सहयोगमा नेपालका १२ जिल्लामा २७ सय स्यालो ट्युवेल सिँचाई प्रणालीका लागि नेपालस्थित भारतीय राजदुत मन्जिव सिंह पुरीले सोमबार ९९२११८९३.३२ रुपैयाँको चेक प्रदान गर्नुभएको छ ।
सिंहदरबारमा अयोजित एक विशेष समारोहबीच राजदुत पुरीले ऊर्जा मन्त्रालयका सचिव डा. सञ्जय शर्मालाई उक्त
रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । नेपाल भारत मैत्री सिँचाई योजना अन्तर्गत भारत
सरकारले उपलब्ध गराएको उक्त
रकमबाट नेपालका तराइ जिल्लाका सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र
कञ्चनपुुरमा २७ सय स्यालो ट्युवेल जडान गरिने भएको छ ।
भारत सरकारले स्यालो ट्युवेल सिँचाई आयोजना अन्तर्गत २२७.६
करोड रुपैया उपलब्ध गराइसकेको छ । सन २००४ देखि भारत
सरकारले उपलब्ध गराएको स्यालो ट्युवेल सिँचाई आयोजनाबाट तराई तथा भित्री मधेशका किसानहरुले गहुँ, धान, मौसमी फलफूल, सागसब्जी र अन्य नगदेवाली तथा अन्न उत्पादमा लाभ हासिल गरेका छन् । केही बर्षदेखि यस्ता स्यालो ट्युवेलमा भारत
सरकारले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया