भ्रष्टाचारीको मुख नहेर्ने भएपछि रौनियार टाप

धरान÷प्रदेश नं. १ को प्रदेश सभालाई शनिवार सम्बोधन गर्न विराटनगर पुग्नु भएका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार भ्रष्टाचारीको मुखै नहेर्ने प्रधानमन्त्रीको भनाई पछि टाप कसेका थिए ।
करोडौ भ्रष्टाचार गरेर प्रतिष्ठानलाई लथालिंग बनाएको उजुरी प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पुगेर छानविनको अन्तिम चरणमा पुगेपछि पद जोगाइदिन हार गुहार गर्न
विराटनगर पुगेका रौनियारलाई प्रधानमन्त्रीले भेट्ने कुरा त परै जाओस् मुखै नहेर्ने बताएपछि उनी खिस्रिक्क परेर फकिएका थिए ।
एमालेका प्रभावशाली नेता तथा प्रदेश सभा सदस्य भीम आचार्यलाई माध्यम बनाएर विराटनगर पुगेका
रौनियारसँगै आचार्यलाई देखेपछि एमाले नेतृ भगवती चौधरीले भ्रष्टलाई किन बोकेर हिडेको भन्नासाथ नेता आचार्य साइड लागेको र रौनियार खिस्रिक्क परेर फर्किएको स्रोतले जानकारी दिएको छ । विराटनगरस्थित होटल ह्यारिसनमा प्रदेशसभालाई सम्बोधन गर्नु भन्दा अगाडि रौनियारले आचार्यमार्फत प्रधानमन्त्रीलाई भेटेर पद जोगाइदिन आग्रह गर्न खोजेका थिए । यस भन्दा अगाडि नै प्रधानमन्त्री ओलीले उपकुलपति प्रा.डा. रौनियारलाई राजीनामा दिन संकेत गरिसक्नु भएको स्रोतले जनाएको छ । सोतले दिएको जानकारी अनुसार भ्रष्टाचारमा मुछिएका रौनियारलाई प्रमसंग भेट गराउन धरानका एक नामुद मेडिकल सप्लायर्स पनि हात धोएर लागेका थिए । तर उनको प्रयास पनि सफल हुन सकेन । यसैगरी प्रतिष्ठानमै कार्यरत एक अवरवादी काँग्रेसी प्राध्यापक पनि रौनियारलाई जोगाउन लागि परेका छन् । कतिसम्म भने रौनियारका बारेमा समाचार नलेख्न उनले दबाब समेत दिने गरेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार करोडौ भ्रष्टाचारमा मुछिएका र यस भन्दा अगाडिका स्वास्थ्यमन्त्री दिपक बोहराले समेत प्रतिष्ठानलाई जोगाउन रौनियारलाई पदमुक्त गर्नुपर्न भन्दै छानबिन समितिको प्रतिवेदनको आधारमा प्र
प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए । तर रैनियारबाट राम्रै चुनावी खर्च पाएका काँग्रेसका एक प्रभावशाली मन्त्रीले कारबाही हुनबाट जोगाएका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिष्ठानका उपकुलपति रौनियारले सहज ढगले राजीनामा नदिए असार ३ गते चीन भ्रमणपश्चात रौनियारलाइ पदमुक्त गरिने तयारी भएको छ ।

तपाईको प्रतिक्रिया