निर्वाचन आयोगले स्वच्छ निर्वाचन गराएन–श्याम श्रेष्ठ

धरान÷नेपाल परिवार नियोजन संघ जिल्ला शाखा सुनसरीको गत हप्ता भएको निर्वाचनमा सभापतिका प्रत्यासी बन्नु भएका श्याम श्रेष्ठले आफ्नो पराजयको मुख्य कारण निर्वाचन आयोगले निष्पक्ष र स्वच्छ निर्वाचन गराउन नसकेको आरोप लगाउनु भएको
छ ।
नेपाली काँग्रेसका तर्फबाट आधिकारिक उमेद्वार बन्नुु भएका संघका पूर्व कावा सभापति श्रेष्ठले भन्नुभयो निष्पक्ष र स्वतन्त्र निर्वाचन भइदिएको भए मेरो जित सुनिश्चित थियो । परिवार नियोजन सघं, सुनसरीमा ८० प्रतिशत भन्दा बढी नेपाली काँग्रससँग आवद्ध मतदाता रहेको अवस्थामा पार्टीका तर्फबाट आपू्m आधिकारिक उमेद्वार हुँदाहुँदै पनि निर्वाचन आयोगका कारण पराजय भोग्नु प¥यो ।
संघको निर्वाचनमा नेपाली काँग्रेसका पुराना एवम् त्यागी कार्यकर्ता महेशमोहन पलिखे र श्याम श्रेष्ठबीच सभापतिमा प्रतिष्पर्धा भएको थियो । निर्वाचन पश्चात घोषित परिणाम अनुसार सभापतिमा महेशमोहन पलिखेको कुल खसेको मत ३ सय ८६ मध्ये २ सय ७ मत प्राप्त गर्नुभएको थियो भने श्याम श्रेष्ठले १ सय ६० मत प्राप्त गर्नुभएको थियो । पार्टीको आधिकारिक उमेद्वार हुँदाहुँदै पनि पार्टीभित्रैकै साथीहरुको अन्तर्घात र निर्वाचन आयोगको कारण आफूले पराजय भोग्नु परेको श्रेष्ठको आरोप थियो । यद्यपि, संघको निर्वाचनमा अनिवार्य रुपमा परिचय पत्र ल्याउनुपर्ने अग्रिम सूचना प्रकाशित गरेपनि त्यसलाई लागू नगरेको कारण फल्स मतदान भएको थियो । श्रेष्ठले उदाहरण दिँदै भन्नुभयो धरान ७ का दिनेश श्रेष्ठले कुमार श्रेष्ठको नामबाट मतदान गर्नु, २३९ नं. मतपत्र टाँसिएर पठाउनु, एक थान अध्यक्षको मतपत्र मतदान कोठाको भुईमा भेटिनुले निर्वाचन आयोगको निष्पक्षतामाथि नै प्रश्न उठेको छ ।
संघको निर्वाचन सिद्धिएर
परिणाममात्र हैन पदाधिकारीले जिम्मेवारी वहन गरिसकेको अवस्थामा आरोप
प्रत्यारोप भन्दा पनि निर्वािचत
पदाधिकारीहरुले परिवार नियोजनको सेवाहरु पिछडिएको र दुर्गम गाउँसम्म पु¥याउन सकून भन्दै श्रेष्ठले शुभकामना दिन भने कन्ज्युस्याई गर्नुभएन ।

तपाईको प्रतिक्रिया