धरान÷लामो समयको प्रतिक्षा पश्चात धरान तथा आसपासका दर्शकहरुहरुले अब अत्याधुनिक प्रविधिमा आधारित सुविधा सम्पन्न सिनेमा हलबाट मनोरञ्जन लिन थालेका छन् । प्राविधिक कारणले निर्माणमा भएको ढिलाईले झण्डै दुई बर्ष प्रतिक्षा गर्नु परे पनि जेठ २५ गते शुक्रबारदेखि गोरखा डिपार्टमेन्ट स्टोरले अमेरिकी प्रविधिमा आधारित सुविधा सम्पन्न मल्टीप्लेक्स गोरखा सिनेप्लेक्स सञ्चालनमा ल्याएको छ ।
धरान वडा नं. ८ स्थित आफ्नै डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा दुईमध्ये एउटा हल सञ्चालनमा आएको हो । हल सञ्चालक हेमु थापाले धराने दर्शकको चाहना र माग बमोजिम साढे पाँच करोडको लागतमा सम्पूर्ण सुविधायुक्त हल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । हल सञ्चालनको पूर्व सन्ध्यामा एक पत्रकार सम्मेलनको आयोजना गरी गोरखा सिनेप्लेक्सका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
दैनिक चार शो सञ्चालन हुने हल सञ्चालनमा ल्याइए तापनि अर्को हल सञ्चालनमा आउन अझै एक डेढ महिना लाग्ने सञ्चालक थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो दोस्रो हलको काम तिब्रताका साथ भइरहेको छ । तीन सय रुपयाँ टिकट दर कायम गरिएको छ भने ३८ह१७ सिल्भर स्क्रिन र जेभिएलको साउन्ड सिस्टम जडान गरिएको पत्रकार सम्मेलनमा थापाले जानकारी दिनुभयो । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले पत्रकार सम्मेलनमा आफ्नो छोटो प्रतिक्रिया दिँदै भन्नुभयो गोरखाका अन्य शाखामा सिनेमा हलको सुविधा छैन । यसो हुनुमा अग्रिम योजना बनाउन नसक्नु र ठाउँको अभावले समेत हो ।
धरानको पाँचौ शाखामा ग्राहकहरुले सम्पूर्ण सुविधा प्राप्त गर्नु हुनेछ । धरानको पाँचौ शाखामा बैंकटेश हल, सेभेन लेभेन टाइपको मिनी सो, अत्याधुनिक वार, सिनेमा हल रहेका छन् भने अन्य शाखामा यी सुविधा छैनन् ।
मनोरम दृश्यसँगै गर्मी छल्न पनि गोरखा किचन
विगतका बर्षहरुको तुलनामा यस बर्ष अत्याधिक गर्मी बढेको आम सर्वसाधारणको भोगाइ रहेकोमात्र हैन मौसम विदहरुले समेत यसको पुष्टि गरिसकेका छन् । अत्याधिक गर्मीका कारण सर्वसाधारण बाहिर घुमफिर गर्न समेत हिच्किचाउँछन् । तर यस्तो प्रतिकूल मौसममा समेत गोरखा डिपार्टमेन्ट
स्टोरले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर आफ्ना सबै शाखाहरु एसीयुक्त बनाइएको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरको दमक, पथरी, विराटचौक, इटहरी र धरानमा समेत उपभोक्तालाई बाहिरको उखरमाउलो गर्मीको कुनै वास्ता हुँदैन । पाँचौ शाखाको रुपमा धरानमा सञ्चालनमा आएको गोरखा किचन सोमबारदेखि पूर्ण रुपले एसीयुक्त भएको छ । अब कुनै पनि परिकारको स्वाद लिन जाने ग्राहकहरुले गर्मीको प्रवाह गर्नु नपर्ने भएको छ । धरानमा रहेको गोरखा किचनमा आरामदायी बसाइर्सँगै बाहिरको मनोरम दृश्यको अवलोकन गर्न पाउने भएपछि किचनमा ग्राहकहरुको अत्याधिक भीड बढेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
हरेक मानिसको चाहना गर्मीले अस्तव्यस्त बनाएको अवस्थामा चिसो पिउनु र शितल ठाउँमा बस्ने हुन्छ । बजारका अन्य ठाउँमा गर्मी मेटाउनकै लागि चिसो खाँदा त्यसले सन्तुष्टि दिन सक्दैन । गर्मी ठाउँमा बसेर चिसो खानुको कुनै अर्थ रहँदैन । तर एसीमै बसेर चिसो खानुको मज्जै अर्को हुन्छ धरान १५ का हर्कध्वज राईको कथन छ । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो पाँचौ शाखाको किचनलाई सोमबारदेखि पूर्ण रुपले एसीयुक्त बनाएपछि गोरखा किचनमा परिवारसहित पुग्नेहरुको संख्या ह्वात्तै बढेको छ स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यको कथन छ । उहाँ भन्नुहुन्छ ग्राहकले मेनु हरेर जुनसुकै सामान वा परिकारको स्वाद लिन सक्नु हुन्छ । सिद्धार्थ टेम्पो संघका चालक सुधिर राई भन्नुहुन्छ हामी मजदुर मान्छे यस्तो गर्मीमा एसीमा बसेर सादा खाना रु ५० र चिकेन खाना रु ९० मा खान पाउनु ठूलो कुरा हुन्छ । अन्यत्र त्यही खाना खादा १५० देखि २०० तिर्नुपर्छ अनि गर्मीले सम्पूर्ण शरीर नै भिज्छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ गोरखा किचनमा कार्यरत कुकहरु तारे होटलमा काम गरिसकेका अनुभवि रहेका छन् । काठमाण्डौको पाँचतारे होटल, पोखराका तारे हाृेटलबाट कुकुहरु मगाएको पनि उहाँले सुनाउनुभयो । साधारण खानाको र चिकेन खानाको अलावा अनुभवि कुकहरुबाट थकाली खाना समेत तयार गरिने भएकोले किचनमा ग्राहकहरुको भीड बढ्नु स्वभाविक हो ।
सेभेन लेभेन टाइपको मिनी सो चाँडै सञ्चालन हुने
धरान र यस आसपासका ग्राहकहरुका लागि सबैभन्दा आकर्षक सेभेन लेभेन टाइपको मिनी सो हुने भएको छ । पूर्वाञ्चलमा हालसम्म त्यस प्रकारको मिनी सो कहीँ सञ्चालनमा आएको छैन ।
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो पाँचौ शाखाबाट त्यस
प्रहारको मिनी सो सञ्चालनमा ल्याउने तयारी गरेको छ । स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ यसका सम्पूर्ण प्रक्रिया अगाडि बढिसकेको छ । जापानको यासो इन्टर नेशनल कम्पनीसँग सम्झौता समेत भइसकेको छ ।
मेची र कोशी अञ्चलका लागि गोरखा डिपार्टमेन्ट स्टोर यासो इन्टर नेशनल कम्पनीबीच सहमति भएको आचार्यले बताउनुभयो । यासो इन्टर नेशनल कम्पनीको आफ्नै प्रकारको मापदण्ड र नियम हुन्छ । यस्तो मिनी सो दुइ हजार देखि २ हजार ५ सय स्क्वायर फिटमा मात्र खोल्न सकिने र सÏटवेयरदेखि
Ïलोरको मार्वल, टायल सबै उनीहरुकै च्वाइस बमोजिम रहने गर्छ । यस प्रकारको मिनी सो सञ्चालनमा आएपछि ग्राहकहरुले जापानिक ब्राण्डका सम्पूर्ण सामानहरु सुपथ मूल्यमा प्राप्त गर्नेछन्, प्रबन्ध निर्देशक आचार्य भन्नुहुन्छ ।

