जोगिने भए ठेकेदार
कामै नगरेर राज्येको ढुकुटीमा मडिया मारेर बस्या देशका ठगदारहरु अब चै उत्तानोचित्त पर्लान भन्या त फुइøयाँको हुनु ? तन्नेरी चटारिएको बाछीलाई बुढो बहरले ओगटेर राखेझै ठेक्का हातमा लिने, बर्षौसम्म कामै नगर्ने ठेकेदार आच्या ठगदारहरुलाई कारबाही गर्न सुरिएर हिड्या थे घरेलु मन्तरी यतिबेला नौ नारी गल्या छन् रे । विचराले त्यस्ता ठगदारहरु मध्ये १०६ जनाको लिष्ट नै तयार पा¥या
रै’छन् । त्यो लिष्टमा प्रचण्डालाई सिंगो घर उपहार दिने नामुद ठगदार शारदा प्रसाद अधिकारीको समेत नाम रै’छ । आफूलाई सित्तिमा त्यत्रो करोडौको घर दिने दानी ठगदारको नाम समेत लिष्टमा भएको सुइँको पाएसी’ प्रचण्डाउको दुवै कानबाट पत्तपत्ती धुवाँ उठेछ । त्यसपछि घरेलु मन्तरीलाई नेकपाको सेकेन्ड अध्येक्षे प्रचण्डाउले
घरैमा बोलाएर झाँको झारेछन् । के सिंघम फिल्मको हिरो बन्न खोज्या हो ? ठगदारहरुलाई केही पनि कारबाही नगुर्न ? प्रचण्डाउले झाँको झारेसी विचारा
घरेलु मन्तरीको अपानवायु नै बन्द
भएछ । काम नगर्ने कुनै पनि ठेकेदारलाई छोडिन्न भनेर खुबै फूर्ति हाँक्थे घुरेलु मन्तरी अबचाहिँ ठगदारको तैयार
पारेको लिष्ट नै गायव भयो भने र बोल्न बेर लाग्दैन । त्यसै यो देशलाई सत्तिले सरापेको भन्या हो ?
कसरी मान्ये भन्ने ?
उहिले उहिले यो घण्टाघरले गामघरतिर एउटा गीत सुन्या थ्यो । बर्मा गए नि कर्मसँगै सानी हुँई भनेर ।
राणा शासन गयो नेपालीको कर्र्म बदलिएन, पञ्चायत गयो नेपालीको कार्र्म बद्लिएन, अन्तेमा गणतन्त्र आउँदा नि नेपालीको कर्म बदलिएको छैन । कर्म त गुण्डाबाट नेता भएर सांसद र मन्त्री भएकाहरुको मात्र बदिलिएको छ । बरु हिजोका दिनमा नेपालमा सबैका लागि एउटै कानुन थ्यो । अहिले सांसद, मन्त्री, राष्ट्रपति, मुख्येमन्त्रीले जुनसुकै अपराध गरे पनि तिन्लाई कुनै ठाँगाले छुँदैन । कसैका छोरी चेली बिताउन कि, फौजदारी अपराध गरुँन । अब सांसदको पद नजाने संसारा’ नभएको कानुन हाम्रै नेपालमा बनेछ । अब अपराधी सांसदलाइ मान्ये कसरी भन्ने होला ?
कार्बाही गर्ने रे ?
नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुरले पार्टीमा अन्तरघात गर्नेलाई कार्बाही गरेर पार्टीलाई पुरानै अवस्थामा फर्काउछु भनेर अस्तिका दिन सुदुरपश्चिमतिर पुगेर वालाला वालालाल
गरेछन् । पार्टी कब्जा गर्न स्यालबहादुरका हनुमानहरुले गाउँ गाउँमा माले, मण्डले, मसालेलाई सक्रिय सदस्ये बाँडने अनि पार्टी कब्जा गर्ने । अहिलेचाहिँ अन्तरघाती सक्रिय सदस्येहरुलाई कार्वाही गर्छु भनेर वालाला वालाला गर्ने ? सक्रिय सदस्ये नै खारेज गर्ने रे । केही हुने वाला छैन । कार्जेकर्ताले अन्तरघात नग¥या भए २५÷३० सिट काँग्रेसले ज्यादा जित्थ्यो रे । पत्याउने गफ पो दिनुपर्छ त हौ ? अनि पार्टीलाई पुरानै अवस्थामा फर्काउने रे । अब लांग्रेस पुरानै अवस्थामा फर्कन लाग्या छ । चिन्ता नलिए हुन्छ ।
प्रजापरिषद् बन्छ रे
ओरालो लागेको मृगलाई बाच्छाले पनि लेखेट्छ भन्छन् हो कि क्या हो ? गाको चुनाउमा जरै उखेलिने गरी पाहा पछारिए जस्तो पछाएिको नेप्लिज लाँग्रेसलाई अब त एक सिटे राजापा नि लखेट्न थाल्या छ । अब हेरौ न अस्तिका दिन राप्रपाका अध्येक्षे कमलाउले प्प्वाक्कै बोलेछन् कँग्रेस राप्रपाको कित्तामा नआए सिद्धिन्छ, प्रजा परिषद् बन्छ । राप्रपा
र काँग्रेस पनि िल्नु पर्छ रे । हैन हौ ती कमलाउले कुन थुतुनोले भन्या हँ ? नेपाली काँग्रेस पनि कही राप्रपाको कित्तामा जान्छ र ? हुन त काँगेसले आफना सबै आदर्श भुटेर खाएपछि जस्का कित्तामा गए पनि त भयो नि । दुवै किनारा लाग्या पार्टी त हुन् नि † राप्रपा अहिल्यै विलाउन लाग्या छ भने लाँग्रेस १५ बर्षसम्म सडकमै उफ्रेला जस्तो छ । स्यालबहादुरको वालाला र आरजुको शासन भएसी अर्थोक के चाहिँ चाहियो र ? इमान्दार कार्जेकता थपडी मार्छन भने बेइमानहरु पिँध फर्काएर चल्दिन्छन् । यसो भएसी’ बातै खलास ।
नमच्चिने पिङको सय झट्का
देउती कट लागेर मोरङ्गबाट चार हात पाउ टेकेर अस्तिनै भएको निर्वाचनमा जित्या लाँग्रेसका एकजना गतिलै मान्छेले भन्या वर्तमान सरकार भन्या नमच्चिने पिङको सय झड्का जस्तो मात्र हो रे । त्यत्रा डाक्टरजस्ता मान्छेले किन त्यसो भन्या होलान ? वर्तमान सरकार नमच्चिने पिङ भए जहाँतहाँ मच्चिरहेको किन नदेख्या होला ? अस्तिका दिन विराटनगर आएर मच्चिए, त्यसभन्दा पहिले हेटौडा, कर्णालीतिर गएर मच्चिएको सबैलाई थाहै छ । मच्चिएको देख्दादेख्दै
पनि झड्कामात्र त देख्नु भएन नि † अझ मच्चिने लठारो अझ दह«ो र मोटो बनाउदैछन् । प्रचण्डाउलाई ख्वार्लाप्पै छिराए, उपन्द्र जादवलाई बाजा गजा बजाएर छिराउँदै छन् । अरु पनि क–कस्लाई छिराउने हुन पत्तो छैन । तर मिनेन्द्र बाजेचाहिँ त्यही नमच्निे पिङ भनेर बस्या छन् । अनि लाँग्रेस कताबाट उँभो लाग्नु ?
मौका दिइन्छ रे ?
यो मुलुकमा अर्थेाक केही नभए पनि थुतुनो चलाउनचाहिँ सबै एकसा एक भएका छन् । गनतन्त्रले अर्थोक केही लछारपाटो नलगाएपनि थुतुनो चलाउन चाहिँ गज्जबले सिकाएको छ । हुन त अहिले देशमा थुतुनो चलाउने सर्वोच्च व्यक्ति खप्रओ नै पर्धानमन्तरी छन् उनको थुतुनो चलाएको बखान कस्ले गर्न सक्छ । क्षणक्षणमै पेट मिचीमिची लडीबुडी पार्दिन्छन् । अब देशका गार्जन नै त्यस्ता भएपछि त्यसको वाछिटा अरुमा नपर्ने कुनै भएन । हुँदा हुँदा प्रहरी महानिरीक्ष्क सर्वेन्द्रनाथ खनाललाई पनि ओलीको बाछिटाले छोएछ । अस्तिका दिन कलैयातिर पुगेर उन्ले सिसिटिभी क्यामेराको उद्घाटन गरेछन् । जाबो सिसिटिभी क्यामेराको उद्घाटन गर्न खनाल आफै दौडदा
घण्टाघर लाई त्यसै त्यसै कुरीकुरी लागेर आथ्यो । अझ उन्ले प्रचण्डाउ स्टाइलमा भाषन ठोकेछन् अपराधीलाई पहिला सुध्रने मौका दिइन्छ तैपनि नसुध्रिए ढालिन्छ । वाह † गाउँ, टोल, सहर सबैतिर छ्यासछ्यास्ती
अपराधीहरुलाई किन कारबाही नभा’ भन्या छ खनाल साहवले सुध्रने मौका पो दया रै’छ त ।
खै किन लाग्या हो ?
खप्रओको मन्त्री मण्डल नेपालको इतिहासमै सर्वाधिक व्यवसायी देख्दा छ । खप्रओदेखि अरु जुनसुकै मन्त्रीले जहाँसुकै भाषन गरे पनि व्यवसायीकै गुड्डी हाक्छन् । निर्यात बढाउनु प¥यो, आयात घटाउनु प¥यो, रेमिट्यान्स बढाउनु प¥यो आदि । अस्ति विश्व वातावरण दिवसका दिन पर्धानमन्तरी खप्रओले झल्याँस अर्को सपना पनि देखेछन् । त्यस भन्दा अगडि उन्ले
रेल, मनोरेल, पानी जहज, घरघरमा व्याँसका पाइप ठेल्दिने सपना देख्या थे । अहिलेचाहिँ फेरि अर्को देखेछन । विश्व वातावरण दिवसका दिन थुतुनोमा माक्स र हातमा पञ्जा लगाएर विरुवा रोप्दा उन्ले अब
रोपिएका रुखबाट विदेशाँ अक्सिन निर्यात गरेर प्रसस्त डलर भिœयाउन सकिने बताएका थिए । म त हाँसेरै मर्छु कि क्या हो भनेझै पर्धानमन्तरीको पछिल्लो सपना सुनेर अब चाहिँ मुलुकाँ केही होला होला भन्ने घण्टाघरलाई लाग्या छ ।
अन्त्येमा
नेपालमा सामाजिक सञ्जालहरु ससारमै सबैभन्दा अगाडि बढेकोमा आम नेपालीले गर्व गर्नुपर्ने भएको
छ । नेपालका सामाजिक सञ्जालले जो कोहीलाई अमृत पान गराइदिन पनि सक्छन् विषपान गराई दिन पनि सक्छन् । यसो भएसी संसारमै अगाडि देखिएन त ? अब हेरौ न नेपालका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जिउँदैमा श्रछद्धाञ्जली ठोक्देछन् । उपचार गराईरहेका,
गोरखाकाको अफ्नो घर गएर, सिस्ने धाराको पानी पिएका देवकोटालाई श्रद्धाञ्जली ठोक्नु चानचुने कुरा त पक्कै होइन । फेरि सामाजिक सञ्जालमा एड भएकाहरुले समेत बुझ्नु न सुझ्नु धमाधम रिप, श्रद्धाञ्जली भन्दै लेखेर उद्युम मच्चाए छन् । जे होस् नेपालको सामाजिक सञ्जालले राम्रै फड्को मारेको देख्दा घण्टाघर भने दंगदाश छ ।
