आफ्नै पाल्तु जनवारबाट अफ्ठ्यारो

बीबीसीकी एक महिला पत्रकारलाई समेत उनकै कुकुरले आपतमा पार्‍यो । बीबीसी टेलिभिजनमा मौसमी विवरण सम्बन्धी समाचार लाइभ प्रशारण गरिरहेको बेला उनको कुकुरले आची गरेपछि स्टुडियोमा रहेकाहरु लाजले मुख छोप्दै हाासे पनि उनी पनि असमञ्जसमा परेर पछाडि फकर््िर्दै ङिच्च हास्नुपर्‍यो ।
बीबीसीकी मौसम प्रस्तोतोता क्यारोल कर्कवुडले टेलिभिजनको बिहानी प्रस्तुती ब्रेकफास्ट शो अन्तरगत सेक्सको पश्चिमी विटेरिङबाट सामुन्द्रिक तातो हावाको तरंगका विषयमा प्रत्यक्ष रुपमा सामाग्री प्रशारण गरिरहेकी थिइन् । क्यामराले पृष्ठभूमिमा रहेको समुन्द्रको दृश्य पनि देखाइरहेको थियो । तर अकस्मात त्यहाा उनको कुकुर देखा पर्‍या । कुकुरले पानीमा चोपलिादै त्यहीा दिसा समेत गर्यो । त्यो कुनै भुस्याहा कुकुर थिएन, उनै क्यारोलको घरको कोन्नी नामको कुकुर थियो ।
क्यारोललाई आफ्नो पिठ्युा पछाडिको कुकुरले बदमासी गरिरहेको छ भन्ने थाहा थिएन । तर स्टुडियोमा रहेका प्रस्तोताहरु लुइस मिन्सिन र चार्ली स्ट्याटले भने कुकुरको त्यो कर्म खेप्न सकेनन् र हाास्न थाले । लुइसले टेलिभिजनबाटै हाास्दै भने, क्यारोल तिम्रो पछाडि के भइरहेको छ नहेर है । पछाडि फर्केर हेर्दा पो बल्ल थाहा भयो, कुकुरको बदमासी । अनि उनले भनिन् यो मेरो जिन्दगीको कथा नै हो ।

तपाईको प्रतिक्रिया