सम्पन्न भएको पुल अझै जीर्ण भएको सर्वसाधारणको गुनासो

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जोड्न् धरान ८ धनकुटे रोडमा निर्माण सम्पन्न भएको पुल गुणस्तरहीन भएको त्यहाका स्थानीयहरुले गुनासो
गरेका छन् ।
भत्किएको करिब तीन बर्ष पछि मात्र निर्माण भई सञ्चालनमा आएको सो पुल अझै जोखिमपूर्ण रहेको भन्दै गुणस्तरहीन पुल निर्माणले फेरि दुर्घटना निम्त्याउने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
२०७२ असोज ८ गते धरान १७, १८, १९ र २० लाई जोड्ने खहरे पुल भत्किएको थियो । यो सडक कोशी
राजमार्गबाट छुटिएर धरान चतरा जोड्ने सडक खण्डको धरान स्थित धनकुटे रोड बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य बाटो हो । यही बाटो भएर दैनिक सयौंको संख्यामा बिरामी बोकेका एम्बुलेन्स र अन्य सवारीहरु ओहोरदोहोर गर्ने गर्दछन् । धरानकै पश्चिमी वडाहरु १९, १८, १७, २० र बराहनगर पालिका जान पनि यो सडक प्रयोगमा आउने
गरेको छ ।
तर भत्किएको करिब तीन बर्षभित्रमा बनेको यो सडक पूर्ण रुपमा सञ्चालनमा आउदा यसले अझ जोखिम थपेको धरान ८ धनकुटेरोडकी स्थानीय विष्णुमाया
परियार बताउनुहुन्छ ।
श्याम कन्ट्रक्सनले भत्किएको पुल आर्थिक बर्ष ०७३÷०७४ सक्ने गरी सडक डिभिजन कार्यालय विराटनगरले पाण्डुकेश्वर ्श्याम कन्टूक्सनलाई निर्माणको जिम्मा दिए पनि ठेकेदार सचिन क्षेत्री पुल अलपत्र अवस्थामै छोडे भागेपछि पुल समयमा निर्माण हुन सकेन । ठेकेदार भागेपछि पुन सोही कम्पनीका ठेकेदा गणेश गुरुङले पुल निर्माणको जिम्मा लिइ काम सम्पन्न भएको भन्दै बुधबार धरान उपमहानगरपालिकाका प्रमुख तारा सु््ब्बाले उद्घाटन समेत गर्नुएको छ । १ करोड ५ लाख रुपैयाको लागतमा ११ मिटर लम्बाई र ११ मिटर चौडाईको पुलमा दुवै तर्फ ७ फिटको फुटपाथ बनाउने सम्झौता भएको थियो । तर झारा टार्ने हिसाबले पुल निर्माण भएपछि यो बाटोमा दिनहु सवारी साधन चलाउने चालकहरु समेत त्रासमा सवारी चलाउनुपर्ने बाध्यता भएको बताउने गरेका छन् ।
वर्षा शुरु भईसकेकाले फेरि त्यो पुल ढल्ने हो कि भन्ने चिन्ता सर्वसाधारणमा रहेको पाइएको छ । त्यसो त उद्घाटनकै अवसरममा ठेकेदार र धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले व्यापक जनगुनासोका कारण चाडो पुल बनाउनु परेको बताउनुभएको थियो ।
दिनप्रतिदिन खहरेमा बाढी आई कटान तीब्र बनाइरहेको समयमा छेउछेउमा तटबन्द निर्माण नगरी हचुवाको भरमा बनाइएको यो पुल लामो समयसम्म नटिक्ने प्राविधिकहरुको समेत बुझाई छ ।

 

तपाईको प्रतिक्रिया