बीपी प्रतिष्ठानका नर्सहरुले विविध कार्यक्रम गरी नर्सिङ दिवस मनाए

धरान÷१९८ औ अन्तर्राष्टिय नसिर्ङ दिवसको अवसमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरुले शनिवार विविध कार्यक्रम गरी मनाएका छन् ।
नेपाल नर्सिङ संघ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइको आयोजनामा भएको विशेष कार्यक्रममा उनीहरुले विहान रक्तदान कार्यक्रमसंगै प्रतिष्ठानकै अडिटोरियम हलमा भव्य कार्यक्रमको आयोजना समेत गरे ।
एक नं. प्रदेशका सभामुख प्रदीप भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अधिकांश नर्सहरुले नर्सिङ पेशा दिनप्रतिदिन चुनौतिपूर्ण बन्दै गएको सभामुख समक्ष गुनासो पोखेका थिए । सो अवसरमा बोल्दै सभामुख भण्डारीले स्वास्थ्य क्षेत्रमा गुणस्तरीयतासंगै सर्वससाधारणको पहुचसम्म पु¥याउने नीति प्रदेश सरकारले चाडै ल्याउने आश्वासन नर्सहरुलाई दिएका थिए । नेपाल नर्सिङ संघ बीपी कोइराला स्वास्थ्य विज्ञान इकाईका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक
गोरीशंकर शाह लगायतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया