ं बार्षिकोत्सवमा तीन जना पत्रकार सम्मानित

धरान÷ महिला पत्रकार मनिता चाम्लिङद्वारा सम्पादित तथा प्रकाशित ‘दिब्य रोशनी’ साप्ताहिकले १४ औं वार्षिकोत्सवको अवसरमा सोमबार तीन पत्रकार सम्मानित भएका छन् । साप्ताहिकको कार्यालयमा भएको वार्षिकोत्सवमा अग्रज पत्रकार केशव घिमिरे, प्रबोध साप्ताहिकका लम्जेल संर्घषशील र गणतन्त्र एफएमकी रीता मोक्तान सम्मानित भएका हुन् ।
उनीहरुलाई जनही ५ हजार १ सय रुपैयाले सम्मानित गरेको हो । घिमिरे र मोक्तानलाई पत्रकार चाम्लिङको दिवंगत पिता सार्जन्ट प्रभुराम राई नाममा स्थापित उत्कृष्ट सामाजिक पत्रकारिता सम्मानले सम्मानित गरिएको हो । संर्घषशीललाई दिवंगत वाजुन
राईको नाममा स्थापित सिर्जनशील पत्रकारिता सम्मानबाट पुरस्कृत गरिएको हो । यसैगरी शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै ज्ञान चक्षु विद्यायलकी शिक्षिका विद्या शाक्यलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रममा धरान उपमहानगर पालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुबेदी, दिब्य रोशनीका सल्लाहकार अग्रज पत्रकार गिरिराज आचार्य, हर्ष सुब्बा र पत्रकार चाम्लिङले नगदसहित सम्मान पत्रले सम्मानित गर्नुभएको थियो । महिलाहरुले अवसर पायो भने पुरुष सहर नै काम गर्न सक्ने पत्रकार चाम्लिङले बताउनुभयो । त्यसैको नमुना स्वरुप हामीले सुरुमा प्रकाशित गरेर आज १४ औं वार्षिकोत्सव मनाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा अग्रज पत्रकारद्वय सुब्बा र आचार्यले पनि आफ्ना भनाइ राखेका थिए । केक काटेर १४ औं वार्षिकोत्सव मनाइएको थियो ।

तपाईको प्रतिक्रिया