सुनलाई फलाम बनाइयो

नेपाली काँग्रेसका प्रभावशाली नेता तथा प्रदेश नं. १ का सांसद चन्द्रप्रसाद श्रेष्ठले प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारको भ्रष्टाचारले प्रतिष्ठानको भविष्य नै अनिश्चित भएको बताउनु भएको छ ।
उहाँल भन्नुभयो भ्रष्टहरुको अब मुलुकमा काम छैन । प्रतिष्ठान पूर्वाञ्चलबासीका लागि २४ क्यारेटको सुन थियो तर रौनियारले यसलाई अहिले पित्तल बनाइसके । यसैगरी अझ केही समय
रौनियार प्रतिष्ठानमा रहे भने प्रतिष्ठानलाई पत्रुको फलाम बनाउँछन् । एउटा भ्रष्टलाई भष्टाचारमा शून्य सहनशीलता भन्ने सरकारले पदमुक्त गर्न किन ढिलाई गरेको हो आफूले बुझ्न नसकेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो पद जोगाउन उपकुलपति रौनियार विभिन्न शक्ति केन्द्र धाउँदै छन्
रे । काँग्रेसको पालामा नियुक्त भएका निजले करोडौ रकम घुस खुवाएर नियुक्ति पाएका हुन् । अहिले त्यही पैसा उठाउँदैछन् । यस्ता व्यक्तिलाई तुरुन्त हँटाएर प्रतिष्ठान जोगाउनुपर्छ सांसद श्रेष्ठल भन्नुभयो ।
पूर्वाञ्चलको गहनाको रुपमा रहेको प्रतिष्ठानलाई जोगाउने हो भने उपकुलपति प्रा.डा राजकुमार रौनियारको पदमुक्ति आवश्यक रहेको प्रदेश सरकारका वनमन्त्री जगदीश कुस्यौत, प्रदेशसभा सदस्य लिलम बस्नेत, संघीय संसद जयकुमार राई, संघीय संसद मीना सुब्बा, नेपाली काँगे्रस प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलक नेता राजीव
कोइराला लगायत सबै सहमत देखिन्छन् ।

तपाईको प्रतिक्रिया