प्रदेश नं. १ का मुख्यमन्त्री
शेरधन राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका
भ्रष्टाचारमा उपकुलपति प्रा.डा. राजकुमार रौनयारको प्रत्यक्ष संलग्नता देखिएकोले निजमाथि कारबाही भएरै छाड्ने बताउनु भएको छ ।
प्रतिष्ठान पूर्वी नेपालका अस्पतालहरुका लागि मात्र नभएर भारतका विहार लगायतका स्थानहरुका हस्पिटलहरुको रिफरल सेन्टरका रुपमा रहेको नन प्राक्टिसिङ्ग मेडिकल कलज पनि हो । हाल प्रतिष्ठानभित्र भएका भ्रष्टाचार प्रसंगमा हामीले ध्यान दिन नपाएको भन्दै मुख्यमन्त्री राईले अनियमिततामा मुछिएकाहरुले उन्मुक्ति नपाउने समेत बताउनुभयो । भ्रष्टाचारमा संलग्नलाई केन्द्रीय सरकारको समन्वय र सहकार्यमा हामी कारबाहीको दायरामा मात्र ल्याउँदैनौ त्यस्तालाई तुरुन्तै पदमुक्त समेत गर्छौ मुख्यमन्त्री राइले भन्नुभयो ।

