डेपुटी रजिष्ट्रारको राजीनामा

धरान÷भ्रष्टाचारमा आपूmलाई सहजीकरण होस् भन्ने हेतुले उपकुलपति प्रा.डा. रौनियारले रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई अधिकारविहीन बनाई डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवलाई प्रतिष्ठानको खरिद तथा मुल्यांकन समिति र उपकुलपतिको सचिवालय प्रमुख बनाइएका श्रीवास्तवले सोमबार
राजीनामा दिएका छन् । ।
उनले प्रतिष्ठानका रजिष्ट्रारलाई दुवै समितिको प्रमुखबाट राजीनामा दिएको बताइएको छ । उपकुलपतिको चरम भ्रष्टाचारमा आफू मुकदर्शक भएर बस्न नसक्ने भन्दै उनले राजीनामा दिएको बताइएको छ । भ्रष्टचारका मुद्धामा आफूलाई पनि मुछ्न खोजेको भन्दै उनले राजीनामा दिएको प्रतिष्ठान स्रोतले जनाएको छ । भ्रष्टाचारका मुद्दामा अख्तियारले श्रीवास्तवलाई समेत गत हप्ता बयानका लागि बोलाएको थियो । यसै सम्बन्धमा हामीले डेपुटी रजिष्ट्रार श्रीवास्तवसँग सम्पर्क राख्न खोज्दा सम्पर्क हुन सकेन । स्रोतले दिएको जानकारी अनुसार उपकुलपति रौनियारले डेपुटी रजिष्ट्रारलाई दबाब दिएरै केज कन्सल्टेन्सीका मालिक विष्णु पन्थीसँग कमिशन बार्गेनिङ्ग गराई अनुचित तवरले मुल्याकन गर्न लगाई ३.६ प्रतिशतमा परामर्शदाता नियुक्ति गराएका थिए । सँगैको २.८ अरबको मातृ शिशु भवनको परामर्शदाता शुल्क १.४ प्रतिशत दिएको केज कन्सल्टेन्सीले अंकोलोजी र कार्डियोलोजी भवनका लागि ३.६ प्रतिशत लिएको थियो । यस अनुरुप डिजाइनमै आधा भन्दा बढी रकम दिने सम्झौता गरियो र हतार हतार १५ दिनमा ड्रइङ्ग डिजाइन गर्न लगाई ७ करोड भुक्तानी समेत दिइयो । यसपछि निर्माणको निमित ठेक्का खोलेर काम अघि बढाउने भनिए तापनि कमिशनका कुरा नमिल्दा अन्तत ः ठेक्का नै रद्ध गरियो । यसबाट धरानमा क्यानसर र मुटु हस्पिटल बन्ने कुरा पर धकेलिएको छ ।

तपाईको प्रतिक्रिया