धरान÷नेकपाले आव्हान गरेको बन्दको कारण हिजो मंगलबार पूर्वको जनजीवन प्रभावित भएको छ ।
विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरु सञ्चालन हुन सकेनन भने शिक्षण संस्था, कलकाराखाना, बजार पसलहरु समेत ठप्प भएका थिए । नेकपाका कोशी व्युरो इन्चार्ज तथा केन्दीय सदस्य किरण राई लगायत आठ जना नेता कार्यकर्तालाई चैत्र ५ गते धनकुटाको हिलेबाट गिराÏतार गरी झुठा मुद्दा लगाएको भन्दै उनीहरुको विना शर्त
रिहाइको माग गर्दै नेकपाले मेची, कोशी, सगरमाथा, जनकपुर बन्दको आवहान गरेको हो ।
बन्द आवहान गरेको समयमा बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले विभिन्न स्थानमा यातायातका सवारी साधनमाथि आगजनी र तोडफोड गरेका छन् । धरान वडा नं. ७ पानमारा बस स्टेन्डमा पार्किङ्ग गरेर
राखिएको मे १ ख २७४०६ धरान काँकडभिट्टा चल्ने बसमा सोमबार राति विस्फोट गराइएको थियो । विस्फोटबाट बसका सीसाहरु फुटेका छन् । यसैगरी काठमाण्डौबाट काँकडभिट्टा जाँदै गरेको यात्रु बाहक रात्री बसमाथि पूर्वा पश्चिम महेन्द्र
राजमार्गको कानेपोखरी सडक खण्डमा आगजनी गरिएको छ । सम्पूर्ण यात्रीहरुलाई ओरालेर आगनी गरिएकोले कुनै मानवीय क्षति नभएको कानेपोखरी प्रहरीले जनाएको छ । यसैगरी मोरङ्गको सुन्दर हरैचामा एउटा मिनी ट्रक र ट्रिफरमा आगजनी गरिएको थियो भने कान्तिपुर पत्रिका बोकेर पूर्वतर्फ वितरणका लागि हिडेको गाडीलाई गछियामा तोडफोड गरिएको थियो । मोरङ्गको उर्लाबारीमा बन्दकर्ताहरुले राजमार्गमा टायर बालेर सडक अवरोध गरेका थिए भने इटहरीको बूढी खोलामा कुकर बम फेला परेको थियो ।
विराटनगरमा भारतीय राजदूतावास क्याम्प अफिसलाई लक्षित गरेर अज्ञात समूहले सोमबार राति ८ः१५ बजे कुकर बम विस्फोटन गराएका थिए । कार्यालय परिसरको पश्चिमी कम्पाउन्ड वाल बाहिर भएको विस्फोटनबाट डेढ फुट पर्खाल भत्किएको कार्यालय प्रमुख निरजकुमार जैसवालले बताउनुभयो । घट्ना स्थलमा कुकरको हेन्डिल भेटिएइकोले त्यो कुकर बम नै भएको आशंका प्रहरीले गरेको छ । विस्फोटबाट कार्यालयमा कुनै क्षति भएको छैन भने मनवीय क्षति पनि भएको छैन । घटनाको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।
यसैबीच नेकपासँग आवद्ध शिक्षक संगठनका १० जना कार्याकर्तालाई प्रहरीले हरियाली सामुदायिक वनबाट प्रक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुरका केन्द्रीय सदस्य गोविन्द खडका, इलामका जिल्ला सदस्य पे्रम तामाङ्ग, ताप्लेजुङ्गका जिल्ला सदस्य जीवनाथ भट्टराई, ताप्लेजुङ्गका जिल्ला उपाध्यक्ष सुशिला गौतम, ताप्लेजुङ्गका जिल्ला सदस्य गणेश लिम्बु, युवराज गौतम, खोटाङ्ग एसेलुखर्कका जिल्ला सदस्य जीवन रार्ई, दैलेख मुहुमुलेका केन्द्रीय उपाध्यक्ष स्वस्तिका ढकाल, केन्द्रीय महासचिव रमेश रुपाखेति र इलामका जिल्ला सदस्य खिममाया परियार रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानमा राखी आवश्यक अनुसन्धान भइरहेको डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

