धरानका युवा सिर्जनासील कार्यमा सक्रिय

धरान÷पूर्वका अन्य नगरपालिका भन्दा सफा र सुन्दर धरान भनेर चिनिए पनि यहाको फोहोर अझै व्यवस्थापन हुन सकेको छैन ।
धरानका चौक, चौक, गल्लीमा यत्रतत्र मानिसहरुले जथाभावि फोहोर गर्दा यसको सरसफाइ गर्ने धरान उपमहानगरपालिका
हैरान हुने गरेको छ ।
तर अब धरानका युवा जमात टोल टोल चौक र गल्लीमा भएका फोहोर व्यवस्थापन गर्न जुटेका छन् । चार बर्ष अगाडि धरानका युवालाई सकारात्मक सोच प्रवाह गर्दै सिर्जनशील काममा अभिप्रेरित गर्ने उद्देश्यले गठन भएको इस्टर्न युथ क्लबले माघे संक्रान्तिमा गरेको सांगीतिक कार्यक्रमबाट उठेको सम्पूर्ण रकम फोहोर व्यवस्थापनमा खर्चिएका छन् ।
माघे संक्रान्तिमा धरान १४ हुक्पा चोङवाङ रिसोर्टमा आयोजना गरेको सांगीतिक कार्यक्रमबाट उठेको २ लाख २० हजारबाट उनीहरुले ५८ वटा डस्विन निर्माण गरी
धरानका २० वटै वडाका टोल टोल , चौक र गल्ली गल्लीमा राखिदिएका छन् ।
स्वच्छ र सफा धरान बनाउने अभियानलाई सार्थकता दिन युवाहरु सक्रिय भई यस्ता सकारात्मक कार्यमा लागेको इस्टर्न युथ क्लब धरानका अध्यक्ष चन्द्र लिम्बुले बताउनुभयो ।
उनीहरुले गरेको यस कार्यको
धरानका सर्वसाधारणले समेत प्रशंसा गरेका छन् । डिस्विन वितरणमा सहभागी
धरान ११ का हेमकर्ण सुब्बाले युवापुस्ताले सकारात्मक सन्देश दिदै रचनात्मक कार्यमा अगाडि बढ्नु अत्यन्तै प्रशंसनीय काम भएको बताउदै आफूहरुले पाइएको डस्विनलाई सही रुपमा सदुपयोग गर्ने बताउनुभयो ।
उनीहरुले जथाभावि फोहोर फाल्ने विरुद्ध खबरदारी गर्ने समेत बताएका
छन् ।
बाटो हिड्ने बटुवालाई केन्द्रित गरी
राखिएका यस्ता डस्विनमा बाटो हिड्ने बटुवाले अनिवार्य रुपमा डस्विनमै फोहोर फाल्न आफूहरुले अभिप्रेरित गर्ने उनीहरुको भनाई छ । बाटो हिड्ने बटुवाकै कारण धरानमा सम्पूर्ण फोहोरको ३० प्रतिशत भन्दा बढी फोहोर थुप्रिने गरेको छ । युवाहरुले प्रदान
गरेको डस्विनबाट फोहोर नियन्त्रणमा सहयोग पुग्ने धरानका सर्वसाधारणहरुले विश्वास समेत गरेका छन् ।
यस भन्दा अगाडि यी युवाहरुले धेरै
रचनात्मक कार्यहरु गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया