घण्टाघरबाट हेर्दा

बुद्धिले काम गरेछ
माउवादीका नेताहरु पनि कहिलेकाही पांदुरे व्यहोरा नै देखाउाछन् । पहिला पहिला राजा महाराजाको नामै सुन्न चाहादैनन् थिए । राजा महाराजाहरुको शालिक खोजी खोजी फोड्थे । सामान्तीहरुको नाइके भन्थे । तर यतिबेला यिन्का घैटोमा दह्रै घाम लागेको छ कि क्या हो ? यिनेरले धुावाधार विरोध गरेपछि पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन छाडियो । आज तिनै माउवादीका नेताहरुमध्ये सबैभन्दा उग्र मानिने गोपाल किरााती पृथ्वीनारायण शाहको गुनगान गाउन थालेका छन् । उनी पृथ्वी जयन्तिलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्छ, पृथ्वी नारायण शाह नभैद्या भे सिागो नेपाल नै हुादैन थ्यो भनेर भन्न थालेका छन् । जे होस् ढिलै भएपनि बुद्धिले काम गरेकोमा घण्टाघरको राइलाई बधाई छ ।
हाँडी फुट्ने नै भयो
आकाशै झारौला झै गर्ने ए माउवादीका अध्येक्षे र बाउराम
भट्टराईको हााडी अब नजोडिने भएको छ । माने हााडी फुट्ने निश्चित भयो, नेपालमा मात्र हैन विश्वमै कम्युनिस्टको धर्म भन्या फुट्नु हो । प्रचण्डाउले कति सम्झाउादा पनि बाउरामले समानान्तर जिल्ला समिति, विद्यार्थी समिति, मजदुर समिति गठन गर्‍यागर्‍यै छन् । बाउरामका कार्जेकर्ता बन्न यतिबेला जिल्ला जिल्लामा होड नै चल्या छ । बाउरामको कार्जेकर्ता बन्न किन यति साह्रो मरिहत्ते गर्‍या होलान् भनेर घण्टाघरले यसो यिन्का अनुहार सुघ्या त मेरीबास्सै
कुरा त अर्कै पो रै’छ । भा’ के रै’ छ भने यतिबेला सबैलाई पदै चाहिएको छ । प्रचण्डाउकोमा बस्दा पदै नपाइने । उपाय त लगाउनु पर्‍यो । बाउरामले नयाा समानान्तर दोकान खोलिदिएपछि प्रचण्डाउको दोकानमा सामान खरिद गर्न नसकनेहरु बाउरामका पसलतिर सर्‍या छन् । जे होस् अब यी दुईको दोकान अलग अलग चल्ने भए । हााडी नजाडिने भयो ।
आचार्य शिव
ऐरै गैरे नत्थु खैरे भनेझौ नाममात्रका भीम आचार्य अस्तिका दिन मन्त्रीबाट शिव भएछन् । उनीसागै कानै नसुन्ने कर्णबहादुर थापा पनि चिलिम भएछन् । झालेमालेका अध्येक्षे खप्रओले दुईजनालाई बोलाएर दुईजनालाई पठाइदिए ।
आखिरी आचार्य झल्ला झलुका बुइनी ज्वाइा पनि हुन् । झलु आफै आचार्यलाई शिव बनाउन कन्दनी कसेर लाग्या थे रे । के परेछ त्यस्तो कुन्नि ? घण्टाघरका कानमाचाहिा अर्कै कुरा पर्‍या छ । पत्याउन कि नपत्याउन । आचार्यले पर्यटन विकास बोडबाट सुभाष
निरौलामार्फत कुस्त कुम्ल्याएछ, जहाज खरिद प्रकरणमा पनि यिन्ले राम्रै
डकारेछन् । गन्हाएर दंगदंति भएपछि झलुले आफ्नो ज्वाईलाई केही नभन्या रे । अर्का कर्णबहादुर थापाले पनि उद्योगीहरुसाग राम्रै सेटिङ्ग मिलएर माल बजाउादा रै’छन् । आखिरी सबै डकार्न र सोहोर्ने त गएका हुन् । विचाराहरुलाई यो दशैका मुखमा किन वल्लो घाट न पल्लोतिरको बनइद्या होला ?
माकुन्याउको चित्त
झालेमालेका ग्यााचा पुतली जुागे नेता माकुनेको चित्त साह्रै दुखेछ । माकुन्याउले चित्त दुखाएपछि घण्टाघरलाई पनि अलिकति ननिको लाग्यो । पार्टीको मा’सचिव, पर्धानमन्तरी भैसक्या मान्छेको चित्त सितिमिति त नदुख्नु पर्ने हो । भएछ के भने खप्रओ र झल्लाझलु मिलेर आ–आफ्ना एक एक जना मान्छेलाई मन्त्री बनाएछन् । माकुन्याउलाई सोधीसम्म दिएनछन् । दुवैले मकुनेलाई सोधनुपर्ने जरुरी नै ठानेनछन् । पछि यो कुराको सुइाको माकुनेले पाएछन् । त्यसबेला सम्ममा झलु र खप्रओका एक एक जना मन्त्रीलाई सुशिल बाले सपथ खुवाइसकेका थिए । अरु बेला सुस्त देखिएका शुशिल वा दुईजना मन्त्री नियुक्त गर्ने बेलामा बडो फूर्तिला
देखिन्थे ।
संविधान बन्दैन रे
संविधान बनाउछम् भनेर गएकाहरु यतिबेला संविधान बन्नै सक्दैन भनेर भाषन ठोक्न थाल्या छन् । संविधान बनाउनै सक्दैननन् भने राज्यको ढुकुटी हस–हस खाएर बस्न यिन्लाई किन लाज नलाग्या होला ? उल्फाको धन फूपूको श्राद्ध भन्या यही हो । कामै गर्न नसक्नेहरु ओठे गोरुले भुस खाएझै खाइरा’छन् । दोस्रो संविधानसाले संविधान लेख्यो भने तेस्रोलेचाहिा के लेख्ने भनेर पो बहस गर्न थाल्या छन् । हरे शिव सविधान सभासले र्सविधान बनाउन नसक्ने निश्चित भएसी, ४७ सालतिरकै संविधान व्युचाइदिनु नि । ४७ सालको संविधान पनि संसारले मानेको उत्कृष्ट सविधान भनेर बखान गरिएकै हो । उहिल्यै राजा महेन्द्रले संविधनसभाको निर्वाचन किन नगर्दिया रै’छन् भन्या त यसो पो रै’छ । जाबो एउटा संविधान त बनाउन नसक्नेले अर्थोक के गर्लान् र खानुबाहेक ।
विदेशीको पैसा
सर्पको खुट्टा सर्पले नै देख्छ भन्थे हो रै’छ । अब हेरौ न जनजाति महासंघका अध्येक्षे हुादा राजकुमार लेखीलाई विदेशीको करोडौ रुपैयाा खायो भन्दा ती तीनहात माथि उफ्रन्थे । उस्तै परे थुतुनो मात्र हैन हातै चलाउन पुग्थे । कसैले प्रमाणित गरेर देखाओस् भनेर चुनौति दिन्थे । यतिबेला तिनै लेखी जनजातिहरुका विदेशीको पैसा खाएर उटुसमुटुस भएको बताउन थाल्या छन् । विदेशीले जनजातिलाई पैसा दिएर नेपाली समाज विखण्डन गराएको, संघीयता विदेशबाटै आयात हुन लागेको र जातीय राज्य हुनुहुादैन भन्दै छन् । अहिलेका जनजातिलाई विदेशीले पैसा दिएको हो भने लेखीलाई पनि मकैको खोया त दिएका थिएनन् ? बेलायतले ३७ करोड दिएको त यिन्कै मुखले छादेकै हो । अब अहिलेकालाई अली बढी दिए होलान् ।
अनुगमन
नेपालको कानुन दैवले जानुन भनेर त्यसै भन्या हैन । कालो बजारी गर्ने, उपभोक्ता ठग्नेहरुका विरुद्ध अनुगमन गरेर कारबाही गर्ने सरकारी कर्मचारीहरुको संयन्त्र यतिबेला एक बर्षपछि व्युझिएको छ । एक बर्षको चीर निन्द्राबाट व्युझिएर यतिबेला व्यापारीहरुको पसल–पसलमा गएर छापा मार्न थाल्या छ । चाडपर्वको बेला सबैलाई गााठ चाहिएकै हुन्छ, मौकामा चौका हान्ने नियतले अनुगमनमा हिाडेका स्वााठहरुले हाता लागि राम्रै गर्ने भए । अनुगमनका पछाडि अख्तियारका कर्मचारीहरु पनि सागै पठाउने हो कि ? यसो गर्दा व्यापारीलाई धक्क्याएर गााठ झार्ने धन्दा छोड्थे कि ?
अन्तेमा
लााग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको निर्वाचन फेरि स्थगित भा’छ । यस भन्दा अगाडि पनि कैयौ पटक नेविसंघको महाधिवेशन स्थगित बन्दै आएको थियो । नेपाली कााग्रेसका बरिष्ठ नेता भकभके काजीले आफ्नो प्यानल हार्ने निश्चित देखेपछि न्वारान देखिको बल लगाएर शुशिल दाललाई अधिवेशन स्थगित गर्न दबाब दिए । गाई प्राणी दा’ लाई पनि के को ट्याङ्ग ट्याङ्ग अधिवेशन नगर्न निर्देशन दिए ।

तपाईको प्रतिक्रिया