घण्टाघरबाट हेर्दा

बुझ्न गाह्रो भो वा
नेताहरुको थुतुनो र खै त्यो के जातिको टुंगो हुादैन भन्थे हो रै’छ । यिन्का कुरा बुझ्नै गाह्रो । छिन–छिनमा कुरा फेर्छन् यिनीहरु । अब हेरौा न त्यो एमाओवादी समानान्तर पार्टीका अध्येक्षे भन्दा फरक नपर्ला ती बाउराम
भट्टराईले अस्तिका दिन के बोल्या होलान् त्यस्तो ? खै के जाति गर्नेलाई भन्दा खै के जाति गर्नेलाई लाज भनेझौ । उन्ले बडो ठालू पल्टदै भने प्रक्रियामा गए संविधान बन्नै सक्दैन । यिनै
बाउरामले पहिलो संविधानसभा विघटन गरेर पोखरामा पुगेर भन्या थे संविधानसभालाई पंक्रियामा नलग्नु गल्ति भयो ।अब यिनै बाउराम प्रक्रियामा गए संविधान बन्दैन भन्दैछन् । हैन यिन्को के चाला हो त्यस्तो हा ? विवादित विषयमा सहमति जुटाउने समितिको अध्येक्षे भै टोपल्या यिन्लाई प्रचण्डाउले त्यसै जिल्लाभन्दा माथि उठ्ने ल्याकतका नेतै हैन भन्या, हैन रै’छन् । घोचघोच नगर्ने भएपनि कोराकोर गर्ने डाक्टर हुन् नि † जे भए नि यिन्का खप्पराा गतिलै विर्को लाग्या रै’छ । यसैलाई भन्छन् माछा देखे दुलाभित्र हात भ्यागुता देखे दुलाबाहिर हात ।
राहतमा घात
अजिंगरको आहारा दैवले पुर्‍याउाछ भन्थे हो रै’छ । देशमा आएको बाढी पहिरोले झण्डै तीनसय मासिनको ज्यान गयो । कैयौ घरवार विहिन भए ।
सरकारले मर्ने र विस्थापित भएकाहलाई हेलिकोप्टरमा गएर हेर्नुभन्दा बाहेक केही खालो सारेन । विदेशमा भएकोले करोडौ राहत उठाएर पठाए, स्वदेशमा पनि वभिन्न सामाजिक संघ संस्थाले करोडौ राहत उठाएर दिए, एनसेलले मात्र २२ करोड दियो, एनटिसीले २ करोड दियो, विभिन्न देशका दुतावासले करोडौ दिएको छ । तर मृतकका परिवराले राहतको नाममा एकलाख पाएका छन् । उठेको पैसामात्र इमान्दारीताका साथ बााडिदिने हो भने मृतक र पीडिलाई भने ५० लाख भनदा बढी पाउाछन् । सरकार सिधै गएर दातालाई राहत बााड्न पनि दिादैन, राहतका लागि दिएको पैसा पनि घिचिदिन्छ । सत्तामा बस्नेलाई बाढीपहिरो गएर सर्वसाधारण मर्दा त बडो लाभ पो हुादो रै’छ । लुट्न र कमाउन गएकाहरुको धर्म पनि हुन्न । जसरी होस् माल
आओस् ।
आफ्नै ठेगान छैन
विना कामे उच्च स्तरीय
राजनैतिक संयन्त्रको लफडा झिकेर माउवादीले संसद वैठक अवरुद्ध गर्न थाल्या छ । नाइा मम्मी मलाई त्यै केटी चाहिन्छ भनेर रुन्चे गीतकारले गीतमा गाएजस्तै प्रचण्डाउ यतिबेला चार हात खुट्टा फालेर उच्च स्तरीय संयन्त्रको अध्येक्षे चाहियो भन्दैछन् । नेप्लीज कााग्रेस, झालेमाले र माउवादीमात्र बसेर बनाम न त भनेर खपंओले प्रस्ताव गर्दा नि प्रचण्डाउ मधेशी नेतालाई पनि राख्नुपर्छ भन्छन् । चाहिदै नचाहिने बेकामे समितिमा मधेशीलाई राख्यो भने मोर्चाको अध्येक्षे भएर छाती फुलाउन पाइने । ख्याल बाठा छैनन् प्रचण्डाउ । त्यत्रा पर्धानमन्तरी भैसक्या मान्छेलाई जाबो संयन्त्रको अध्येक्षे हुन किन लोभ लाग्या होला ? किन त्यति भााडिम र्‍याल चुहाएका होलान् ? लहै प्रचण्डाउ तिम्रो षड्यन्त्र तिमी नै बुझ । हाम्लाई लुता आ’ पनि छैन, कन्याउनु पनि पर्‍या छैन ।
चरीको नकचरी
चरीको ज्यान नकचरीकै कारण गएको गाइागुई चल्न थाल्या छ , हुन त संचारमा ठूल्ठूला महात्मा, विद्वान,
राजा महाराजाको ज्यान नकचरीकै कारण गएको इतिहासमा पाइन्छ । हाम्रो् देशका होनेकार चरीको जयन पनि नकचरीकै कारण गएको रे । झापातिरकी हाइब्रिड जातकी नकचरीले चरीमाथि विश्वासघात गरेपछि विचरा चरीको प्राण पखेरु नै उड्यो । हाइब्रिड जातकी सुडौल खुट्टा र अनुहार भएकी तिनै नकच्चरीले पुलिसलाई खबर गरेको गाइगुइ छ ।
छोटी मुह बढी वात
हिन्दीमा एउटा उखान छ, ‘छोटी मुह बढी वात । यतिबेला यो उखान टिपटापे खबरीलाल ऋषि धमलाको
चरित्रसाग ठ्याकै मेल खाएको छ । २६ जना सभासदको मनोनयनको प्रक्रिया चल्न थालेपछि ती टापटिपे खबरीलालले केही रातो पासपोर्ट बेच्ने, चन्दा उठाउने, दुई चार जना आयाराम गयाराम नेताहरुलाई भेला गरी आफूलाई सभासद बनाउन आवाज उठाइदिन आग्रह
गरेछन् । नमकको सोझो गर्न उनेरले पनि टिपटापे खबरीलालाई सभासद बनाउनुपर्छ भनेर बोलेछन् ।
घण्टाघरलाई आजकल विचित्र लाग्न थाल्या छ । सभासद भन्ने पदको मर्यादा नै रहेन । ऋषि धमला जस्ताले त सभासद बन्ने सपना देख्न थालेपछि फुय्याा हुन्छ ?
रुक्मिणी चैट
अब औचित्य नै नएको २६ सभासदमध्येबाट भागवण्डा गरेर कााग्रेस, एमाले र राप्रपाले लिए । २६ जनामा पर्न दाह्री र साडी ९ महिनादेखि नेताहरुको फन्को मार्न थाल्या थे । कतिले यही २६ से मा पर्न
राजानीमा डेरै लिएका थिए । कााग्रेसले मनोनित गरेकी रुक्मिणी कोइराला अन्तेमा चैट भइन् । भएछ के भने कोइराला यस भन्दा अगडि समानुपातिकबाट उमेद्वार रै’छिन् । सर्वोच्च अदालतले समानुपातिकमा र प्रत्यक्षमा लडेर हारेका उमेद्वारलाई सभासद नबनाउन निर्णय गरिसकेको कााग्रेसले भुसुक्कै विर्सिएछ । कसरी सम्झना पनि होस् त ? ९ महिना अगाडि को को उमेद्वार थिए–थिए । फेरि कााग्रेसमा ६० बर्ष भन्दा तल उमेर भएका ठूला नेतै छैनन् । भकभके काजी, लिखुरे पा्रैड्याल झण्डै ७० बर्ष पुग्न लागे । सुशिल दा’ को त कुरै नगरौा । बूढाहरुले ध्यान नदिादा हातमा आइसक्या सभासद को पद नै चिलिम भयो , अब सभासद बन्नलाई अर्को पटकचाहिा प्रत्यक्ष र समानुपातिकतर्फको उमेद्वारै नबन्ने हो कि रुक्मिणी दिदी ?
पदम सुन्दर भरंग
गोरु बूढो भयो भने भीर खोज्छ मान्छे बूढो भयो भने निहुा खोज्छ भन्ने सााचो रैछ । अब हेरौ न चुलो चौका नै छुट्टै बनाएर कमल थापालाई भलिभााती गाली गर्दै आएका पदम सुन्दर लागती यतिबेला भरंग भएका छन् । भाईलाई सभासद बनायो भन्दै त्यसमा पुनरविचार गर्न उन्ले मन्त्री परिषदलाई आग्रह गरेछन् । यहाा नेताहरुले आफ्नी श्रीमतिलाई सभासद बनाएा छन्, साला सालीलाई ठाउामा पुर्‍याएका छन् । कमल थापाले आÏना भाइ गणेश थापालाई सभासद बनाए । यो कुनचाहिा ठूलो कुरा भयो ? कमसेकम छिसिक्क केही पर्दा पार्टीबाटै छुट्टिएर अलग्गै चुलाचौक त गणेशले गर्दैनन् । गाइ भए गोरस भाइ भए परोस त्यसै भन्या हैन । कि कसो हौ ?
अन्तेमा
नेपालकी एक अभिनेत्री दुई जना मन्त्रीको नाम बेच्दै हिाड्न थालेकी
रै’छिन् । जेनी कुावर नाम गरेकी ती अभिनेत्रीले मिनेन्द्र रिजाल र विमलेन्द्र निधिसाग फिल्मी स्टाइलमै अंगालो
मारेर फोटो खिचेकी रै’छिन् । त्यसरी ती दुई मन्त्रीसाग अंगालो मार्ने गरी फोटो खिचाउने साइत तिन्ने कसरी जुराइछन् । आज भोलि जहाा जाादा पनि, कसैलाई फुइा लगाउनु पर्दा पनि, कसैलाई हप्काउनुपर्दा पनि त्यही फोटो देखाउदी रै’छिन् । यी दुईलाई मैले जे भन्दा पनि मान्छन्, जे भन्दा पनि हुन्छ भन्छिन् रे । हरे शिव यो मुुलुकमा के उल्का हुन लाग्या हो कुन्नि ?

तपाईको प्रतिक्रिया