धरान/समाजसेवी एवम् व्यवसायी अशोक ताम्राकारकी श्रीमति अञ्ज हलुवाइको हिजो मंगलबार तमोर नदीले बगाएर निधन भएको छ ।
वैद्धिक कार्यक्रममा सहभागी हुन परिवारका साथ धनकुटाको तमोर मुलघाट पुग्नुभएकी हलुवाई प्रसाद खाइसकेपछि तमोरमा हात धुन खोज्दा चिप्लेर नदीमा खस्नु भएको थियो । पारिवारिक स्रोतका अनुसार स–परिवार वैद्धिक कार्य समाप्त गरी नदी किनारामा बसिरहेको अवस्थामा अञ्जु हात धुन पुग्नुभएको थियो । ५८ बर्षीया उहााको शव तमोर पुलदेखि १ सय ५० मिटर तल फेला पारिएको थियो । उहााका १ छोरा, १ छोरी समेत रहनु भएको छ । हाल उहााको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
