घण्टाघरबाट हेर्दा

नेपाली रावण पार्टी
स्वदेशीको खाएर विदेशीको जुत्ता चाट्ने, तिनैलाई आदर्श मान्ने, कोठाका भित्तामा तिनैको फोटो झुण्ड्याउने, विहान बेलुका धुपधुँवार गर्ने र तिनैको नाममा माला जप्दै पार्टी खोल्नेहरुले नेपालमा नेपाली रावण पार्टी गठन गरेछन् । यस्तो पार्टी खोल्ने मुलीले विगतमा सत्र हजार आफ्नै दाजुभाई सध्याएको, आफ्नै देशका भौतिक संरचना ध्वस्त बनाएको, बैंकहरु लुटेको, पूजारीको टुप्पी काटेको, पण्डितलाई सिध्याएको, अरुको सम्पत्ति कब्जा गरेको लगायतका दब्रिलो इतिहास छ । अर्का मुलीले आफ्नै घरमा आगो लगाएर अर्कैसँग सुइँकुच्चा ठोकेको, ललिता निवास काण्डमा करोडौ हजम गरेको, रामदेव जग्गा प्रकरणमा गतिलै कुम्ल्याएको, अदालतबाट ३५ लाख धरौटीमा फुत्त बाहिर निस्किएको, नेपाली युवाहरुलाई विना ढेउवा, विना भिषा विदेश पठाउन सक्ने ल्याकत भएको साहसिक इतिहास छ । अर्का छन् राजधानी सुन्निदा पनि राज्यको ढुकुटीबाट उपचार गराउने, सर्प पाल्ने नाममा करोडौ कु्म्ल्याउने इतिहास बोकेका । यस्तै अपराधीहरुको झुण्डले नेपाली रावण पार्टी खेलेका छन् । आउने चुनावमा यिन्ले केही गर्लान् जस्तो छ । त्यैपनि आजकल राम भन्दा पनि
रावणकै पछि दौडिनेहरु ज्यादा छन् ।
घण्टे हो हस्ताक्षर अभियान खै ?
घण्टे पार्टीका छिचिमिराहरु हिजोआज सुस्ताएछन् कि क्या हो ? अरबौ सहकारी ठगी काण्डमा घण्टेका मुखियालाई अदालतले मागेको धरौटी वापतको करोडौ रुपैया भकाभक दिएर सहयोग गर्ने साहु प्रभु बैंकका सिइओ (अशोक शेरचन) लाई केन्द्रीय अनुसन्धान व्युरो सिविआइले क¥यापझ्याप पारेछ । आफ्नो पार्टीका मुखियालाई त्यत्रो विधि सहयोग गर्नेलाई प्रहरीले क¥यापझ्याप पार्दा पनि घण्टेका हनुमानहरु किन चुपचाप बस्या होलान् ? शेरचनमाथि राजनीतिक प्रतिशोध भयो भनेर मुलु्कभरि हस्ताक्षर अभियान चलाउनु पर्दैन ? जुलुस निकाल्नु पर्दैन ? राँको बाल्नु पर्दैन ? नारा जुलुस निकाल्नु पर्दैन ? काम स¥यो भाँडो आफल तेरा ठाँडो त गर्नु भएन नि । हुन त घण्टे पार्टीबाट लडाकु स्वभावका धेरैले जुम्राले छोडेझैँ छोडेर हिडिसक्या छन् । बाँकी रहेका इनेगिनेमा त्यसो गर्ने ल्याकतै छैन । भा’भे अभियान चलाई हाल्थे नि ।
कुटी शब्दकै अपमान

जेनजी आन्दोलनमा हेलिकोप्टर चढेर भागेका र गुण्डुका गुण्डाहरुको संरक्षणमा बस्दै आएका खप्रओले गुण्डुमै ओली कुटी बनाउन शुरु गरेछन् । बालकोटतिरको दरबारमा जेनजीहरुले आगो झोसेपििछ खप्रओ गुुण्डुतिर हान्निएका हुन् । जेनजी आन्दोलन सिद्धिएको तीन महिना पनि पुग्या छैन कुटीको नाममा दरबार बनाउन थाल्या छन् । हैन हौ त्यत्रो दरबार बनाउने गाँठचाहिँ खप्रओलाई कस्ले दियो हँ ? भाटभटेनीका मालिकले खप्रओसँगको सम्बन्ध डिभोर्स गरिसकेका छन् । सितिमिती खर्चले कुटी बन्ने कुरै भएन । जेहोस् पदमा बस्दा अरबौ डका¥यो भन्थे , हो कि क्या हो ? नत्र त्यत्रो आलिसान कुटी बनाउने ढे्उवा आकाशबाट बर्बरर्ती पक्कै झ¥या हैन । तर खप्रओले कुटी शब्दकोचाहिँ घोर अपमान ग¥या छन् । बरु ओली दरबार भन्द्या भएनि त हुन्थ्यो । त्यसरी शब्दको हुर्मत लिनु भएन नि गाँठे ?
पोख्रेलले नांगै बनाइदिए
नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज पोख्रेलले बुढानिलकण्ठे श्यालबहादुर काजीलाई अस्तिका दिन नङ्ग्याउनुसम्म नङ्ग्याइदिएका छन् । हुन त जेनजी आन्दोलनमा काजी र उनकी उनी पूरै नांगिएको त सबैलाई पत्तै छ । यतिबेला आएर पोख्रेले काजीको कमाउ धन्दाका अर्को राज खोल्देर सर्वाङ्गै बनाइदिएका छन् । त्यसबेला पोख्रेल आइजीपि बन्ने रोलक्रममा रै’छन् । तर काजी र उनकी उनीले निवासमै बोलाएर आइजीपी बन्ने भए सात करोड बुझाउनु भनेर कानमा मन्त्रणा गरेछन् । जोइपाइको सात करोडको मन्त्रणापछि सेन्टीÏलाँट भएछन् । हुने भए नि त्यति विधि रकम तिनले जोहो गर्ने कुरै भएन । रोलक्रममा छँदा पनि पदोन्नति हुन नपाई विचरा बाहिररिएछन् । मेहनत विनाको धन टिकाउ हुँदैन भन्थे हो रै’छ । जेनजी आन्दोलनका बेला त्यसैगरि थुपारेको कालो धन काजीको घरमा दनदनी बल्यो । हाम्रा बाजे बज्यैहरुले त्यसै भन्या होइन अरुलाई रुवाएर आर्जन ग¥या धन दीगो हुँदैन भनेर ।
सुस्ला आमैलाई झण्डा फोविया भएछन्
देशको राष्ट्रिय झण्डा भनेसी’ जुनसुकै देशका शासकहरु सम्मानले शीर झुकाउँछन् । सलाम गर्छन्, छातीमा टाँस्छन्, भुइँमा खस्न दिँदैनन् । तर नेपालाँ झण्डाप्रतिको मोह शासकहरुमा भंग भएको देखिन्छ । अब हेरम न पछिल्ला समय हाम्री टीके पर्धानमन्तरी सुस्ला आमैलाई देशको झण्डा र त्यसलाई बोक्ने अनुहार दे्ख्यो कि चिटचिटहट हुन थाल्या छन् । हुन त खोलो त¥यो लौरो मिल्कायो भन्ने उखानसँग व्यहोरा ठ्याक्कै मेल खाएकी सुस्ला आमैलाई झण्डा फोविया हुनु पनि स्वभाविकै हो । जेनजीको नाममा छललकपट गरेर पाँच ६ महिना ढलीमली गरुम्ला भनेर सिंहदरबार छिरेकी थिइन् । तर दिनैपिच्छे नेपाली झण्डा बोकेर आफ्ना विरुद्धमा नारा, जुलुस लगाउन थालेसी तिनलाई झण्डा फोविया भा’को रे । हिजो आज त नेपाली झण्डा सडकमा देख्यो कि त्यसलाई कालो देख्न थालेकी छन् । उनकै निर्देशनमा प्रहरीले नेपाली झण्डा देख्यो कि त्यसलाई पोको पारेर लैजाने गरेको छ ।
बाख्रे काजीको महत्वाकांक्षा
लाउरेसकका बाख्रे काजी लाउरेसको १५ औं महाधिवेशनमा सभापतिमा उठ्ने रे । बाख्रेको महत्वाकांक्षा देखेर बुझ्रुकहरुले कठै भन्न थाल्या छन् । अघिल्लो पुस्ता भन्दा नि चरम भ्रष्ट बाख्रेलाई गतिलै पद चाहियो रे । अर्काको घरमा ढुंगा हानेर लाउरेसको नेता भा’का गनगने थापा एकपटक पदमा के पुग्या थिए अकुतै आर्जन गर्न भ्याएका थिए । सोलुखुम्बुतिरका सामान्य परिवारका बाख्रेले राजधानीमा अलिशान महल कसरी ठँड्याए ? करोडौको गाडी चढेर हिँड्ने ल्याकत कसरी बनाए ? यसको राज कमैलाई थाहा होला ? ६÷७ दशकदेखि इमान्दारितापूर्वक हिँड्नेहरु आज झुपडीमै छन् । तर बाख्रेलाई सभापति चाहियो रे ? स्वास्थ्य मन्तरी छँदा करोडौ डकारेका विचराको आँखामा झल्झल्ती नाँच्दो हो । अवैध बालुवा खानी चलाउने घैटेका संरक्षक बाख्रेले इन्काउन्टरमा घैटे सिद्धिदा मानव अधिकार आयोग गुहारेको इमान्दार कार्जैकर्ताले् अझै बिर्सेका छैनन् । छोटा मुह बढी बात भन्या यही हो ।
एक्स्ट्रिभिस्टका नाइके भ्रष्ट
एक्स्ट्रिभिस्ट गु्रप अफ नेपालको नाममा १० जना व्यक्ति सिध्याउने धम्की आएसी’ प्रहरीले राम्रै अनुसन्धान गरेछ । गु्रपले ज–जसको नाममा पत्र पठाएको थियो ती चानचुने छँदै थिएनन् । अख्तियार दुरुपपयोग अनुसन्धान आयोगका प्रमुखदेखि पूर्व प्रहरीका आइजीपी, पूर्व परराष्ट्रमन्त्री पुकु्ली मेया सम्मलाई ग्रुपले सिध्याउने पत्र पठाएछ । त्यसपछि त के चाहियो ? पत्र पाउनेहरुको अपानवायु नै बन्द भएछ । तिनका अपानवायु खुलाउने प्रहरीले राम्रै अनुसन्धान गरेछ । धम्की दिने मुख्य नाइके अन्तै र’छन् । तिनका चेला चपटामध्ये एक दुईलाई प्रहरीले अँठ्याउन भ्याएछ । गु्रपको पत्र पाउनु अगाडित ती आफूलाई शेर नै सम्झन्थे । पत्र पाएपछि त तिनका अवानवायु मात्र बन्द भएन नोनारी ने गलेर आएछ । गु्रपको कनेक्सन अर्का भ्रष्ट प्रदीप अधिकारीकोमा गएर ठोक्किएछ । अख्तियारका फन्दामा प¥या तिनले अब क–स्को नाम मुछ्ने हुन ? लहारो तान्दा पहरो जाला जस्तो छ । त्यसै भन्या हेन जे हुन्छ नेपालम हुन्छ ।
अन्तेमा
अस्तिका दिन विराटनगरमा नेपाली काम्युनिस्ट पार्टीको आमसभा बडो गज्जबको भयो । दशवटा पार्टी मिलेर बनेको हो चानचुने हैन भनेर पहिला त माकुने बडो फुई हान्या थिए । तर कुसीमा बस्ने मान्छे समेत नदेखेसी’ माकुने र प्रचण्डाउ बीचमा बडो रोचक संवाद भएछ । यसो भाडामै भए नि मानछे पाइन्छ् कि भनेर प्रयास गरेछन् । त्यो पनि नपाएसी मञ्चमा थ्याच्च बसेर प्रचण्डाउले मु गन्नकाउने माकुनेको कानमा खुसुक्क भनेछन् मने मान्छे त छैनन । भाषण कस्लाई सुनाउनु ? तत्कालै माकुनेले जवाफ दिएछन् हामी कुर्सीकै लागि पार्टी खोलेर राजनीतिमा आएका हौ । कुर्सीलाई भाषण सुनाउँदा भैगो । प्रचण्डाउलाई नि माकुनकेो कुरा ठीकै लागेकछ । १० मिटेन कुर्सीलाई भाषण सुनाएछन् । त्यसपछि फर्कन एयरपोट पुग्दा जेनजी युवाले धक्का दिएछन् । मने १० दल मिल्दा नि यो हविगत भएसी यतिबेला प्रचण्डाउ तनावमा छन् रे । धन्न विराटनगरमा प्रहरीको सक्रियताले जेनजीबाट बजाउनचाहिँ भ्याएनछन् ।

तपाईको प्रतिक्रिया