घिसिङको बर्खास्तीको विरोधमा धरानमा प्रदर्शन

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियु्क्त गरेपछि अहिले त्यसको सर्वत्र विरोध भएको छ । धरानमा समेत सर्वपक्षीय, सर्वदलीय समिति गठन गरेर कुलमान घिसिङको बर्खास्तको विरोध गर्दै विरोध जनाएका छन् । समितिले धरान १ छाताचौकबाट विरोध प्रदर्शन गरेको थियो । ¥याली धरान २ भानुचौकमा पुगेण कोणसभामा परिणत भएको थियो । ¥यालीमा उनीहरुर्ले ै नालाक सरकार मुर्दाबाद, भ्रष्ट ओलि सरकार मुर्दाबाद, नालायक ओली सरकार राजीनामा दे जस्ता नारा लगाएका थिए । कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्र धरान उपमहानर कमिटीका अध्यक्ष उद्धव लिम्बुले सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विषयमा आम नेपाली नागरिकले राम्रो नमानेको बताउनुभयो । उहाँले यसको विरोधमा देशैभर जनता सडकमा उत्रिएको बताउदै यो सरकारले चाडै जनताको आवाज सुन्नु पर्नेमा जोड दिनुभयो ।


यता जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बुले व्यापारीसँग कमिशन खानकै लागि घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको सालो नातेदार पनै व्यक्तिलाई कार्यकारी निर्देशकमा नियुक्ति गरेर नांंगिएको बताउनुभयो । यस्तै गरी कोणसभामा बोल्दै नेकपा एसका धरान नगर कमिटीका अध्यक्ष रेवतीरमण राईले उज्यालो नैपालका नायक घिसिङका विरुद्धमा सरकारले गरेको निर्णय सरकारलाई नै घातक हुने भएकोलै निर्णय सच्याउन आग्रह गर्नुभयो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई बर्खास्त गदै ओलीका साला शाक्यलाई नियुक्ति गरैको थियो । घिसिङ्गको बर्खास्ती र शाक्यको नियुक्तिमा काँग्रेस र एमालेका मन्त्रीहरुले समर्थन गरेका थिए । घिसिङ्गको बर्खास्त पश्चात सत्तापक्षकै पार्टी नेपाली काँग्रेसका केही नेताहरुले आपत्ति जनाएका छन् । नेपाली काँग्रेसका नेता एवम् सांसद डा. शेखर कोइरालाले घिसिङको बर्खास्तपति ट्वीटमार्फत–‘विनाश काले विपरीत बुद्धि’ को टिप्पणी गर्नुभएको छ । घिसिङ्गलाई हटाउनुको उपयुक्त कारण सरकारले दिन नसक्दा नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घिसिङ्गलाई हँटाएर शाक्यलाई नियुक्ति गर्नु निन्दनीय कार्य भएको बताउनु भएको छ । यस्तै घिसिङको बर्खास्ती र शाक्यको नियुक्तिलाइ लिएर सामाजिक सञ्जालमा सरकारप्रति आम सर्वसाधारणले विषबमन समेत गरेका छन् । राजनैतिक संवेदनशीलताको वर्तमान अवस्थामा घिसिङ्गलाई हँटाएर शाक्यलाई नियुक्ति गर्नु नातावाद एवम् परिवारवादको चमोकोत्र्षको रुपमा सर्वसाधारणले लिएका छन् ।

तपाईको प्रतिक्रिया