नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको वहुउद्देश्यीय भवनको शिलान्यास

धरान । नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भवन निर्माणको एक समारोहबीच चैत्र ११ गते सोमबार शिलान्यास गरिएको छ । उक्त भवनको शिलान्यास कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, नेपालस्थित भारतीय राजदुतावसका काउन्सिलर अविनाश कुमार सिंह र दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले संयुक्त रुपमा गर्नुभएको थियो । भारतको सरकारको आर्थिक सहयोगमा नरु ३.९ करोडको लागतमा निर्माण हुने उक्त विद्यालय भवन साढे तीन तलाको रहने भएको छ । जसमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लु राज्यसँग सम्बन्धित साँस्कृतिक कक्ष, वहुउद्देश्यीय हल, कार्यालय क्षेत्रसँगै अन्य भौतिक पूर्वाधार रहने भएको छ । निर्माणाधीन उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा रहको र सो को कार्यान्वयन दुल्लु नगरपालिकामार्फत गरिने भएको छ ।

सो अवसरमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री, नगरपालिकाका प्रमुख तथा अन्य सरोकारवालाहरुले भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्द भारत सरकारप्रति सह्राना व्यक्त गरेका थिए । उनीहरुले निर्माण हुने पूर्वाधारले विद्यालयका विद्यार्थीहरुलाई र स्थानीय समुदायलाई दुल्लु राज्यको इतिहास, सँस्कृतिका बारेमा बुझ्न थप मद्धत पुग्ने बताएका थिए । यसका अलावा विद्यार्थीहरु सुविधा सम्पन्न विद्यालयमा अध्ययन गर्दा सिकाइको उपयुक्त वातावरण समेत प्राप्त हुन भन्दै कर्णाली प्रदेशमा शिक्षा र सँस्कृतिको विकासमा टेवा पुग्ने समेत बताएका थिए । यहाँ स्मरणीय कुरा के छ भने सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरुमा ५६३ भन्दा बढी एचआइसिडिपीहरु कार्यान्वयमा ल्याएकोमा ४९५ वटा त्यस्ता परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये १५ वटा परियोजनाहरु कर्णाली प्रदेशमा रहे्का छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्यचौकी र शैक्षिक संस्थाहरुलार्ई १००९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेकोमा कर्र्णाली प्रदेशमा ५० वटा एम्बुलेन्स र ८ वटा स्कुल बस प्रदान गरेकोे छ ।

तपाईको प्रतिक्रिया