घण्टाघरबाट हेर्दा

सत्य बकेछन्
द्विसंकु सरकारका पर्धानमन्तरी खप्रओले अस्तिका दिन सत्य बकेछन् । उनले भन्या नेपाल विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक हो रे । बाँची र बँचिरहनु मात्र पर्दो रै’छ यी भ्वाङ्ग परेका कान र आँखाका टोड्काले् के के सुन्नु र देख्नु पर्दोरै’छ । नेपालमा स्वास्थ्य सेवा सर्वसुलभ भा’भए किन नेपालका नेताहरु गिलो आँची आउँदा, जोडले हाच्छिउ आउँदा, अण्डकोडा सुनिदा लर्को लागेर सिंगापुर, भारत, थाइल्याण्ड, अम्रिका गा’ त ? राज्यको ढुकुटी भरिया लगाएर बोकेर जाने अनि सर्वसुलभ भनेर डिङ्ग हाक्नु त भएन नि । हुँदाहुँँदा सत्तामा बसेकाहरुले आफ्ना नातागोता, कुटुम्ब सम्मलाई ढुकुटी खर्च गरेरै बाहिर पठाउँछन् । खप्रओले भाषन दिँदा यो कुरा सम्झने पाएनन् । घण्टाघरलाई लाग्या थियो खप्रओ बा’ले अब उखान टुक्का भन्न छाडे होलान् । तर नानीदेखि लाग्या बानी परो त्यसै कहाँ छोड्थे ? सरकारी अस्पताल गयो डा’ हुँदैन, डा भए औषधि हुँदैन । नीजि अस्पताल गयो सास गएपछि पनि दुही रहन्छन् । उमेरै नपुगी जाने त ढुकुटी चुस्न नपाएका त हुन् । बा’ लाई कस्ले कुरो बुझाई दिने ? वात करता है ?
भयावह अवस्थामा पुग्यो रे
लोउरेसको नेता भै टोपल्या शेखर दा’ ले भन्या देश भयावह स्थितिमा पुग्यो, सुशासन पटक्कै छैन रे । कहिलेकाँही त दा’ नि पुंग न पुच्छरको गफ हान्दिन्छन् । देश कताबाट भयावह स्थितिमा पुग्यो ? कहाँ छैन सुशासन ? एकपटक मन्त्री सांसद भएकाहरुले आजीवन घर वहाल, स्वास्थ्योपचार, गाडी, इन्धन, ड्राइभर, सुसारे आदि आदि पाएकै छन् । आलोपालो गरेर सरकार बनाएकै छन् । युवाहरुलाई कमाउन लर्को लगाएर विदेशतिर पठाएकै छन्, सास र लासबाट राजस्व असुलेकै छन्, बलात्कारी छुटेकै छन्, ठगहरु सिना चौडा गरेर हिडेकै छन् । गुण्डाहरुले अुलीधन्दा चलाएकै छन् । यहाँभन्दा सुशासन कति हुनुप¥यो ? बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु, बस्न पाए भन्दैमा थ्याच्च नबस्नु भन्या कुराको हेक्का दा’ले किन नराख्या होला ?

एटिएम कार्ड भ“जाउने थर्कमान
कथित गनतन्त्रको एटिएम कार्ड भँजाएर विगत ३५ बर्षदेखि हालीमुहाली गर्दै आएका यतिबेला बहुलाएर वर्वराउन थालेका छन् । हुन त नेपाली जनता यी बुहलाएको, बबराएको हेर्न चाहन्थे । सबैभन्दा बढी बर्बराउनेहरुमा होेलेरीमै प्राणदान पाएका भष्मासुर, भस्मासुरका नन्दीभृंगीहरु, गनतन्त्र भन्या बेलगाडा चढेर अम्रिका जानुजस्तै हो भन्ने पुराणवाचक खप्रओ, जस्केलाबाट संसद छि¥या अल्पज्ञानी कृष्ण कुमाई, तथानाम भुक्ने जागिर पाएको रघुजी पन्त, ताइँ न तुइँको माकुने, भगौडा बाउराम भट्टराई, जनकपुरिया टाँटे विमलेन्द्र निधि, लपलपे काजी आच्या लाउरेसका मुखिया, हड्डी टोक्न पल्केका भूत पिसाचहरुलाई बहुलाएरै सिद्धिने भए । धोका, ठगी, बेइमान भ्रष्टाचारबाट आर्जेको लखनौ सम्पत्ति राजा आउने भएसी’ जफत हुन्छ भन्ने यिनलाई पीडा छ । पिडैपिडाले सकिने भए विचराहरु । भीरबाट लड्न लाग्या गोरुलाई राम राम भन्न सकिन्छ काँधै थाप्न त सकिदैन, कि कसो हौ ?
खड्का र घिसिङको कुस्ती
देशाँ यतिबेला ऊर्जान्त्री खड््का र प्राधिकरणका निर्देशक घिसिङ्गबीचको प्रतिष्पर्धात्मक कुस्तीबाट नेपाली जनताले मनोरञ्जन लिइरहेका छन् । आफूलाई बडेमानको बलशाली भन्ने खड्काले प्रहार गरेको कुनैपनि सस्त्र अस्त्रले घिसिङ्गलाई हल्लाउनसम्म सक्या छैन । लोडसेडिङ्ग कुनैपनि हालतमा हुन दिन्न भन्नुपर्ने खड्का विद्युत माफियाबाट कमिशन खाएर लोडसेडिङ्ग गराएरै छोड्छु भनेर भिडेका छन् । उता घिसिङ्ग लोडसेडिङ्ग हुन दिन्नँ भनेर भिड्या छन् । नेपाल स्काउटको करोडौ डकार्ने, मनलाग्दो प्राधिकरणमा करोडौ लिएर आफ्ना मान्छे भर्ती गर्ने सपना खड्काको साह«ै पूरा होला जस्तो छैन । हुन त खड्का यतिबेला गल्दै गा’छन् । सडकमा तिनका मालिकका विरुद्धमा जनता देउसी खेल्न थालिसक्या छन् । तै पनि सर्पका मुखमा पुगेको भ्यागुताले अगाडिको झिंगा टिपेर खाएजस्तो गर्दैछन् ।
जोइपोइलाई निषेध
उमेरले नेटो काटे नि सत्ताको लागि ल्याप ल्याप गर्दै बसेका बुढानिलकण्ठे काजी र तिनकी जोइलाई डँडेलधुराका जनताले डँडेलधुरा प्रवेशमा रोक लगाएछन् । बडो गज्जब गरेछन् । धेरै अघि गर्नुपथ्यौ । तै ढिलै भए नि गरेछन्, राम्रो । अब हेरम न मासुको चोक्टा, रक्सीको झोल, गोडापाँचेक हजारमा जनता खरिद गरेर छोटे राजा भा’का जोइपोइ निर्वाचनका बेला मात्र डँडुलधुरामा झुल्किन्थे । पाँच पटक पर्धानमन्तरी, गृहमन्तरी भाका लपलपे काजीले आफ्नो जिल्लामा एउटा पुल समेत बनाएनछन् । अर्थोक बनाउनुको त परको कुरा । हुन त काजीलाई पनि गाह«ै छ । जो्इको कुरा नमानौ भने पनि भएन । भोलिका दिनमा के हो कसो हो बुढानिलण्ठमा दरबार जोड्नतिर लागे । डँडेलधुरे खुशी बनाम जोइ फन्कने, जोइ खुशी बनाम भने डँडेलधुरे् बटारिने । र्याले काजीलाई गाह«ै छ ।
बेस्यालय खोलुम रे
दे्शमा सबै कुरा बेचविखन गरेर सिध्याएपछि अन्तिम विकल्पका रुपमा बेश्यालय खोल्न दिनुपर्छ भन्ने सत्तापक्ष लाउरेसका सचेतक श्याम घिमिरेले संसदमा प्रस्ताव गरेछन् । सबै लुट्ने विकल्प सिद्धिएपछि अब त्यही एउटा विकल्प त बाँकी रहयो नि हैन र ? हरेक सहरमा त्यस्ता व्यवसायलाई प्रमोट गर्न सकिए राजस्व पनि टन्नै आउने कुरा घिमिरेले बुझ्या रै’छन् । घिमिरेले त्यस्तो प्रस्ताव गरेसी नेपाली जनताले सामािजक सञ्जालमा काजकिरिया नै गरेका छन् । घिमिरेले त्यसको शुरुवाबाट आफ्नै परिवारका छोरा बुहारीबाट गर्न लाग्या थे होलान् । वित्थामा तिनलाई पितृ बुझाउन अपशब्द मात्र बोलियो । संसारका बडे बडे सहरमा भिआइपी वेश्यालयहरु खुलेकै छन् । देश परदेश घुमेर बर्षौदेखि त्यसका बारेमा अनुसन्धान गर्दै आएका घिमिरेले आम्दानी पनि मस्त देख्यारै’छन् । त्यसैले त प्रस्ताव गरे, कि कसो हो ?
उही ड्याङको मुला
आफू पदमा नपुगुन्ज्याल पदमा पुगेकाहरुको खैरो खन्ने नेपाली प्रवृत्ति नै हो । जब आफू पदमा पुगिन्छ, पुरानाले गरेको कामको् अनुशरुण गरिहाल्छन् । अब हेरम न नेपालका लुरे राष्ट्रपति रामचन्द्रे पौड्याललाई । उनले यतिबला आफन्तको भरण पोषणमा खुबै ध्यान दिएका छ्न् । राष्ट्रपति निवासमा पौड्याल बाजेले आफन्त भर्तीको अखडै बनाएका
छन् । बाजेले आफ्नी छोरी अवज्ञा पौड्याललाई स्वकीय सचिव बनाएका छन् । अरुले आफन्त पोसेझै पौड्यालले पनि आफन्त पोस्ने कामलाइ नै अगाडि बढाएका छन् । हुन त सबैले आफ्नैका लागि गर्ने हो, कि कसो हौ बाजे ?
अन्तेमा
पूर्व राष्ट्रपति रामवरन जादव र विद्यादेवी भण्डारीलाई राज्येले हसुराउदै आएको दानापानीका विरुद्धमा युवराज सफलले अदालतमा मुद्धा हाल्देछन् । गज्जब गरे । कहिलेकाँही त सफलले बडो राम्रो् काम गर्छन् । संसारका पूर्वलाई कही पनि एकपटक पदबाट हँटिसकेपछि जीवनभरि ज्वाइ पालेझै पाल्ने चलन छैन । हुन त कही नभएको जात्रा हाँडी गाउँमा त्यसै भन्या होइन । संसारमै नभएको कुरा नेपालमै हुन्छ । नाताले सम्धी सम्धिनी समेत रहेका ती दुईलाई नेपाली जनताले तिरेको करबाट मडिया मारेर बसी खान दिएको
छ । गाडी, गार्ड, घर, तलब, इन्धन आदि आदि । खानेलाई पनि अलिकति शरम लाग्नुपर्ने हो । बिना काम कसैलाई ज्याला दिनु हुँदैन र लिनु पनि हुँदैन । हेरम अदालतले तिनलाई दिएको हरामको सुविधामा बन्देज लगाउँछ कि लगाउँदैन ?

तपाईको प्रतिक्रिया