मारवाडी महिलाले मनाए गणगौण पर्व

धरान । होलीको समापनसँगै मारवाडी समुदायका महिलाले मनाउने गणगौर (गौरा पर्व सुरु भएको छ । मारवाडी महिलाहरुले मनाउने यो पर्व मारवाडी समुदायभित्र ठूलो पर्वहरुमध्येमा एक हो । बसन्त ऋतु, खेतीपाती र वैवाहिक मान्यताप्रतिे विश्वास राखिने यो पर्वको रुपमा मनाइन्छ । धरानमा समेत मारवाडी महिलाहरुले गणगौर पर्व मनाएका छन् । घरका पुरुषहरु रंग खेल्नमा व्यस्त रहेकै बेला होलीका दहनको खरानीमा गोबर मिसाएर शिव (गण ) र पार्वती (गौर ) को १६ पिण्ड बनाएर महिलाहरु धार्मिक अनुष्ठानको तयारीमा जुट्छन् । होलीको भोलिपल्टदेखि लगातार १६ दिनसम्म शंकरपार्वती रुपी ती पिण्डको पुजा हुन्छ । अविवाहितले असल श्रीमान र विवाहितले श्रीमानको दीर्घायु, स्वास्थ्य र कल्याणकासाथै सुःखी विवाहित जीवनकालागि गणगौरलाई पुज्छन् । माता गौरीलाई स्वभाग्यको प्रतिक पनि मानिन्छ । यो पर्वमा माटोकौ शिवपार्वतीको प्रतिमा बनाउने चलन छ । यो वास्तवमा उमंग, उत्साह र मस्तीको पर्व हो । युवतीहरु रंगीचंगी पोसाकमा बगैंचा पुगेर दुवो ल्याउँछन् । गीत गाउँदै दुबोको सहयोगले दुधको छिटा हान्दै गणगौरलाई पुज्छन् । दिनमा एक छाक खाएर उपवास बस्छन् ।
कडा धार्मिक अनुशासनको यो पर्वमा पुजाकोलागि छुट्टयाइएको कोठामा सूर्यको प्रकाश पर्नुहुन्न । श्रीमानलाई समेत अन्तिम पुजाका दिन मात्र प्रवेसको अनुमति हुन्छ । अन्तिम तीन दिन शंकरपार्वतीलाई नयाँ पोसाक लगाइन्छ । शिरमा विभिन्न पुजन सामग्री भएका कलसकासाथ जलासय किनार वा इनारमा प्रतिमाको विर्सजन गरेपछि पर्वको समापन हुन्छ । धरानमा मारवाडी महिला मञ्चले यो पर्व बर्षेनी मनाउने गरेको छ । धरानमा समेत मारवाडी महिला मञ्चले श्रीमानको दिघार्यू कामना गर्दै प्रत्येक बर्ष गरेका छन् । यस बर्ष मञ्चकी अध्यक्ष रेखा अग्रवालको र पूर्व अध्यक्ष अनिता अटलको संयौजनमा यो पर्व मनाइएको हो । अग्रवाल समुदायमा उत्कृष्ट काम गर्ने पाँच जना महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया