ज्येष्ठ नागरिकलाई सम्मान

धरान । जेष्ठ नागरिक समाज र राष्ट्रका गहना हुन् । यसैलाई मध्यनजर गरी ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द«ले धरान उपमहानगरपालिका वडा नं. १६ को सहकार्यमा वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गरेका छ । ज्येष्ठ नागरिक समाजका गहना भएको र उनीहरुलाई सम्मान गर्नु राज्यको दायित्वभित्र पर्ने भएकोले पछिल्लो समय राज्यले समेत ज्येष्ठ नागरिकलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यमा सहुलियत लगायतका सुविधा प्रधान गरेको छ । पछिल्लो समय राज्यलेमात्र गरेर नपुग्ने भएपछि स्थानीय सरकारको समनवयमा बिभिन्न समाजीक संघ सस्ंथाहरुले आफ्नो वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने प्रचलन बढेर गएको हो । यसैबीच ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द«ले धरान उपमहानगरपालिका वडा नं. १६ को सहकार्यमा कार्यालय परिसरमा आफ्नो वडामा रहेका ८० बर्ष भन्दा माथिका एक सय जना ज्येष्ठ नागरिक आमा बुवाहहरुलाई गर्मीको समय हिढडुल गर्दा शित्तलहोस भन्ने उद्देश्यले छाता र नगद प्रदान गरेर सम्मान गरेको छ । घर, परिवार तथा समाजबाट समेत वृद्ध अवस्थामा अपहेलित भएको अवस्थामा बिभिन्न संघ सस्ंथा तथा वडाबाटै यसरी सम्मान गर्ने प्रचलन बढेपछि ज्ये्ष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने भावनाबाट सबै अभिप्ररित भएको पाइन्छ । सम्मानपछि बोल्दै वडाका समाजसेवी तथा ज्येष्ठ नागरिक मोहन हल्वाईले ज्येष्ठ नागरिक भएपछि हिनताबोध नराखी केही न केही गरेर बस्नुपर्ने सुझाव दिनुभयो । उहाँले अहिलेको पुस्ताले बाबुआमालाई गरेको व्यवहारप्रति इंगित गर्दै जस्तोसुकै अवस्थामा पनि परिवारप्रति समर्पित हुदै सकारात्मक सोच लिएर अगाडि बढ्न सके हिनताबोध नहुने उपस्थित सबै ज्येष्ठहरुलाई सुझाव दिनुभयो ।


समाजका हरेक बर्ग समुदायलाई समान रुपले हेर्ने राज्यको दायित्वभित्र पर्ने भएकोले ज्येष्ठ नागरिक समाजमा अभिन्न अंग भएको महसुस गरी समय समयमा सम्मान गर्दै आएको धरान उपमहानगरपालिका १६ नं. वडा समितिका वडाध्यक्ष मुरारी भट्टराईले बताउनुभयो । प्छिल्लो् समय भगवान स्वरुप बृद्ध आमा बुबालाई बृद्धाश्रममा छोडेर घरमा सौकिनका साथ कुकुर पाल्ने विकृति बढ्दै गएकोप्रति उहाँले इंगित गर्दै जन्म दिने आमाबुबालाई रुवाउने सन्तानले कहिल्यै सुख नपाउने बताउनुभयो । सम्मानित भएका ज्येष्ठ नागरिकहरुले ज्येष्ठ नागरिकले पाउने हक अधिकारका विषयमा अझै पनि अनविज्ञ रहेका कारण यस्ता कुराहरु खोजी गर्नुपर्ने समय आएको बताएका थिए । सो अबवसरमा बोल्दै जेष्ठ नागरिक तथा मिलन केन्द«का अध्यक्ष बासुदेव भण्डारीले.प्रविधिको विकाससँगै परिवारका सबै सदस्य मोवाइलमा व्यस्त हुने प्रचलन बढेर गएका कारण धेरै ज्येष्ठ नागरिकहरु परिवारबाट उचित हेरचाह, सम्मान नपाइरहेको अवस्था रहेको गुनासो पोख्नुभयो । सो अवसरमा वडामा रहेका. ८० बर्ष भन्दा माथिका एक सय जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित ज्येष्ठ नागरिकहरुले सस्ंथाले उनीहरुलाई एकै स्थानमा भेला गराएर सम्मान गरेकोमा खुसी ब्यक्त गरेका थिए । उनीहरुले मिलन केन्द« र वडा समितिको सह्रानीय कामको प्रशंसा गर्दै राज्यका तीनै तहबाट ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने प्रचलन बढाउदै लानुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया