इलाम । कला साहित्य मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित चौथो इलाम साहित्य महोत्सव शनिवार सम्पन्न भएको छ । चैत्र १ गते शुक्रबारदेखि शुरु भएको महोत्सव इलामस्थित सिटी हलमा आयोजना गरिएको थियो । महोत्वसमा भारतको दार्जीलिङ्ग, सिक्किम, सिलगुढी, मणिपुर, नागाल्याण्ड, उत्तर प्रदेश, बंगलादेश, नेपालका सातै प्रदेशका लेखक तथा कलाकर्मीहरु सहभागी भएका थिए । इलाम नगर कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजले महोत्सवको संयुक्त रुपमा आयोजना गरेका थिए । आयोजक इलाम नगर कला, संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङ्गका अनुसार महोत्सवमा झण्डै दुईसय लेखक, साहित्यकार तथा कलाकारहरुको सहभागिता रहेको थियो । महोत्सव आयोजना गर्नुको प्रमुख उद्देश्य के हो त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो इलाम पर्यटकहरुका लागि कोशी प्रदेशकै गन्तव्य स्थल हो । पर्यटन प्रवद्र्धनका लागि विभिन्न ठाउँबाट पहलकदमीहरु भइरहेका छन् । त्यसमा थप प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
शुक्रबार विहान इलामस्थित टुडिखेलमा प्रभातफेरिको आयोजना पश्चात महोत्सवमा सहभागीहरु सिटी हल पुगेका थिए । इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्र राईले दिएको जानकारी अनुसार कार्यक्रममा केही हेरफेर गरेका थियौं । सिटी हलमा कविता वाचन, साहित्यिक गतिविधि, कला आदिको कार्यक्रम पश्चात इलामका अति रमणीय स्थानहरुको भ्रमण समेत गराइएको थियो । यसैगरि इलाम नगरपालिकाका प्रमुख केदार थापाले यस्ता महोत्सवले इलामको पर्यटन प्रवद्र्धनमा सघाउ पुु¥याउने र स्थानीय अर्थतन्त्र उकास्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा देश, विदेशका ख्याति प्राप्त व्यक्तित्वहरुको उपस्थिति भएकोले महोत्सव आफैमा ओजपूर्ण भएको थियो । महोत्सवमा सहभागी हुन आएका पाहुनाहरुलाई इलामबासीले समेत घर घरबाट निस्केर आथित्य स्वागत गरेका थिए ।