गंगुतेलीको चेतावनी
जनताले तिरेको कर मनपरी डकारेर घरेलु मन्तरी भा’का सुदुर पश्चिमतिरको एउटा गंगुतेली आच्या अनुहारै विरक्त देखिनेले अस्तिका दिन राजालाई चुनाति दिएछन् । राजाको एउटा वक्तव्यले अपानवायु नै बन्द भा’का तिन्ले बन्द कोठामा बसेर शासन गर्ने मन भए चुनावमा होमिएर खुल्ला राजनीति गर्नुसम्म भनेछन् । विनाशकाले विपरीत बुद्धि भन्या यही हो । निभ्न लाग्या वत्ति अलि जोडले बल्छ त्यसपछि धिपिक्क । राजाको एउटा वक्तव्यले दशका हरेक सहरमा हजारौ, लाखौ जनता सडकमा उत्रिसकेको विचरा गंगुतेलीलाई पै रै’नछ । जनता आफ्ना पक्षमा छैनन् भन्ने कुरा तिनलाई कस्ले सम्झाइदिने ? अरुलाई चेतावनी दिनुको सट्टा आफू सुध्रिनुपर्छ भन्ने सामान्य ज्ञान समेत विचरालाई रै’नछ । दुई चार दिन सत्ताको रमझममा तिन्ले आफ्नो औकात नबिर्सिदिया भए आज किन जनता सडकमा तिनका मलद्वारामा पुल्ठो झोस्न कस्सिएर लाग्थे । विचरा खाइपाइ आएको सबै कुरा हरण हुने भयले वर्वराउन थाल्या छन् । बरु समय छँदै गुन्टा, झिँटी, झ्याम्टा बोकेर कुले ठोके बेश ।
स्यालबहादुरको मनको लड्डु
लाररेसका सभापति श्यालबहादुले यतिबेला मुंगेरीलालका जस्तै सपना देख्न थाल्या छन् । कुन बेला जुठे कहाँ जुठेकी आमा कहाँ हुने बेला भैसक्या कुरा स्यालबहादुरलाई पत्तै रै’नछ । अब तिन्का पछाडि गोडादशेक अवसरवादी र दुई चार जना आफन्त बाहेक कोही देखिदैन । तर पनि तिन्ले अस्तिका दिन भने म फे्रि पर्धानमन्तरी बन्दैछु, त्यसैले बलियोे नेपालको सपना दखेको छु । हैन हौँ स्यालबहादुर यस भन्दा अगाडि पाँच पटक पर्धानमन्तरी बन्दा केचाहिँ लछारपाटो लाएछन् हँ ? बुढानिलकण्ठमा ५० औं रोपानी जग्गामा महल बनाउने, अरबौ चाट्न्, सग्लो काँग्रेस टुक्र्याउने, फेरि छिर्ने, आफ्नो जोइलाई माध्यम बनाएर भुटानी शरणार्थी काण्डबाट अर्थ संकलन गर्ने, पाइलैपिच्छे गाँठमात्र आर्जन गर्ने स्यालबहादुरले आफ्नो् सामाथ्र्य देखाइसकेका छन् । बलियो नेपालको सपना देख्या छु भनेर किन जोकर भा’ होलान् ? बात करता है ।
पत्ता लगाइ छाडे
राष्ट्र र धर्म सँस्कृति बचाऔं अभियानका संयोजक दुर्गा प्रसाईलाईचाहिँ अब घण्टाघरले मानेको छ । कस्ता मै हुँ भन्ने लाउकेहरु समेत पत्ता लगाउन सकेको कुरा प्रसाईले Ïयाट्ट Ïयाट्ट पत्ता लगाइदिन्छन् । अब हेरम न अस्तिका नेपाली राजनीतिको रंगमञ्च जोकरको भूमिकामा अब्बल अभिनय गर्दै आएका प्रचण्डाउको गुह्य कुरा प्रसाईले पत्ता लगाएरै छाडे । वाफ रे वाफ प्रचण्डाउले त आफ्ना नाति र नातिनीका लागि स्विरल्यावण्ड र अम्रिकामा घरै खरिद गरिसक्या रै’छन् । हुन त प्रचण्डाउले समयमै बुद्धिचाहिँ पु¥याएकै हुन् । यतातिर गोडातीनेक कट्ठा जग्गा देखाएर बाहिरचाहिँ राम्रो जोरजाम ग¥या रैछन् । ढिलो चाँडो देशमा बस्न पक्कै दिँदैनन् भन्ने कुराको प्रचण्डाउलाई राम्रै हेक्का रै’छ । आखिरी जनयुद्धका नाममा तिनले त्यसै धनयुद्ध त ग¥या हैनन् नि ? कि कसो हौ ?
अब समय आयो रे
सादा जीवन उच्च विचार भा’का नेपाल मजदुर किसान पार्टीका अध्यक्ष लारायनमान विजुक्छेले अस्तिका दिन सही बात गरेछन् । तिन्ले भन्या यो मुलुकमा राजाचाहिँ चाहिने रै’छ । अब राजा ल्याउने समय आइसक्यो रे । लारायनमानले भनेपछि सिद्धिगयो नि । अब भक्तपुर, काठमाण्डौ, ललितपुरका मका खलकहरु सडकमा उत्रने पक्का भएको छ । उता लाउरेसका भावि सभापति शेरर बहादुराउले समेत अस्तिका दिन म ज्ञानेन्द्र शाहलाई राजा नै मान्छु भनेर बोलेपछि यतिबेला देशका आधाभन्दा बढी लाउरेसका कार्जेर्ताहरु राजा ल्याउने अभियानमा मार्चपास गर्न थाल्या छन् । झोले, झाम्टे, अवसरवादी, हुक्के, ढोके, बैठकेहरुको किन बेलैमा बुद्धि नआएको होला ? हुन त सर्पको मुखमा परिसकेको भ्यागुताले अगाडि झिंगा देख्यो भने जिब्राले तानेर निल्छ भन्थे । त्यस्तै हो कि क्या हो ?
भकुर्ने भन्दैछन् त ?
कहिले सासुको पालो कहिले बुहारीको पालो भनेर हाम्रा बाजे बराजुले त्यसै भन्या होइनन् । अब हेरम न हिजो जनतालाई ललिपपको सपना देखाएर छोटे राजा बनेकाहरुलाई जहाँ भेट्यो त्यही भकुर्ने भन्दै नाराबजी हुन थाल्या छ । देशको कार्यकारी पर्धानमन्तरीसँगै अन्य मन्तरीहरुको यतिबेला होेस हवास उड्या छ । प्रहरीको घेरमा हिड्दा समेत ओइ फलानो चोर देश छोड भनेर हैरान बनाइसके । चोरलाई त जेलमा पो हाल्ने हो त । देशै छोड भन्नु त अलि हजम भएन कि । विचराहरुको निन्द्रा, भोक, प्यास गायव भा’छ । निर्धक्कसँग हिड्न सक्या छैनन् । केही बोल्न सक्या छैनन् । जहाँ भेट्यो त्यही भकुर्नुपर्छ भन्ने शब्दले त झन तिनको नौनारी गलेर आएको छ । यतिका अपमान सहनु भन्दा त बरु बेलैमा बंगलादेशकी आमैले बाटो तताएझै तताए वेश । बाँकी कुरा आफले मिलाएर बुझ्दा उत्तम ।
कति लुड्याएछन् ?
ढलमल–ढलमल भएको लाउरेस र झालेमालेको सरकारले संसद छलेर ल्याएको अध्यादेश माथिल्लो बुढापाका, अशक्त, चाकडीवाज, अवसरवादीहरु थन्किने ठामबाट पास भएछ । यसपटकको अध्यादेशले जनता समाजवादीका अध्येक्षे उपेन्दर जादवचाहिँ मालामाल भा’छन् । बकुल्लाले माछो ढुकेझ ढुकेर माल खानचाहिँ जादवलाई मान्नैपर्छ । यसो बजार हल्ला अनुसार तिन्ले ७ देखि ८ खोकाचाहिँ भ्याइदिए रे । आखिर उपेन्द्र जादव पो हुन त ? मनै कालो, मुखै कालो त्यसै भा’त होइनन नि । माल खुवाएर पनि अध्यादेश पारित गराउनपर्ने द्विसंकु सरकारको बाध्यता थियो । जादवले मौकामा चौका हानिहाले । हुन त जादवको यो कमाई नै अन्तिम कमाई होला । अब देशमा न अध्यादेशबाट कानुन बन्ने छाँट छ, न अहिलेको कुहेका, गन्काएका, तिरस्कार गरिएका अनुसहारहरुले सिंहदरबार छिर्ने मौका पाउलान् । वक्त वक्त कि वात है, कि कसो हौ ?
एक अर्बको खेल
लोकगायक पोखराका पशुपति शर्माले लुट्न सके लुट कान्छा नेपालमै छ छुट भनेर त्यसै गाएका होइन रै’छन् । अब हेरम न राष्ट्र बैंकको गर्भनरबाट महाप्रसाद अधिकारी बिदा हुँदैछन् । नयाँ गर्भनर बन्नका लागि यतिबेला दर्जनौ साहुहरु रेसमा सामेल भएका छन् । म्याच फिक्सिङको लागि ब्रिफकेश बोकेर रेस्लरहरु कहिले बुढानिलकण्ठ दगुर्दछन् । कहिले खप्रओ निवास, कहिले कुन शक्ति केन्द्र निवास दौडिएका दौडियै छन् । गभर्नर बन्नका लागि एक अर्बको म्याच फिक्सिङ्गको खेल भैरा’छ रे । जता जता रेफ्रीको निवास छ विचराहरु त्यतै त्यतै दगुरीरा’छन् । पाँच बर्ष गभर्नर बन्न पाए जाबो एक अर्ब त चुट्कीको भरमा भन्छन् रे । क्या वात । हुन त मुुलुकाँ सानो पियन, बहिदारको् जागिर खान पनि लाखौ खर्च गर्नुपर्छ । अझ त्यसमाथि राष्ट्रबैंकको गर्भनर पो हो त गाँठे, कि कसो हौ ?
अन्तेमा
ललित निवासको सरकारी जग्गा निल्ने अजिंगरहरु आयाराम गयाराम नेता बाउराउ भट्टराई, माकुनेहरु अबचाहिँ फन्दामा पर्ने देखियो । ती दुई हल्लुडहरुलाई जोगाउन गाँडे सरकारले हरेक उपाय लगाएकै हो । विशेष अदालतले नि ति दुईलाई जोगाउन आदेश दिएकै हो । तर अख्तियारले कालले छोड्ला तर नछोड्ने भयो । विशेषको आदेश चित्त नबुझेपछि अख्तियार यतिबेला त्यस भन्दा माथिल्लो निकायमा पुगेको छ । हामी पूर्व पर्धानमन्तरी भइसक्यालाई कस्ले के लछारपाटो लगाउँछ भन्दै बेला बेलामा डुक्रने भट्टराई र माकुने हिजो आज चुपचाप बस्या छन् । खाएको विष त लाग्छ नै । यसो नौ महिना, एक बर्ष पर्धानमन्तरी हुँदा ललिता निवासै भ्याइदिएछन् । अरु के के भ्याएका होलान् ? पाप धुरीबाट कराउँछ भन्थे हो रै’छ । अब भने माकुरी जालमा पर्ने निश्चित देखियो । लौ अख्तियारलाई बधाई छ ।