मोरङ । उदयपुर र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १८ गते इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चौदण्डीगढी नगरपालिका–७ का १९ बर्षीय सागर बिश्वकर्मा, २१ बर्षीय सन्जोक राई र २१ बर्षीय निशान मगरलाई ट्रामाडोल–१ सय २०, स्पास्पेन–१ सय ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट ताराबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले मोरङ उर्लाबारी नगरपालिका –७ का २१ बर्षीय बिजय शर्मा ,२० बर्षीय पुजन गिरी र १८ बर्षीय सुजन सिवालाई ट्रामाडोल–७३ चक्की, स्पास्पेन–८० चक्की सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–१ का २९ बर्षीय प्रन्नयन तामाङलाई १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।