राजभगत प्रधानाङ्गको स्मृतिमा स्ट्रेन्थ लिफ्टिङ्ग र इङकलाइन ब्रेम्चप्रेस च्याम्पियनसिप

धरान । फिटनेस क्लवको आयोजनामा आयोजित पहिलो मेन्स वुमेन्स स्टे«न्थ एण्ड इङक लाइन वे्रन्चप्रेस च्याम्पियनसिप २०८१ को ओभर अल विजेताको उपाधि महिला तर्फ कोपिला गिरी र सोभा तामाङ र पुरुष तर्फ सागर टन्डन र विष्णु लामाले जितेका छन् । स्टे«न्थ लिÏिटीङ्गमा महिला तर्फ कोपिला गिरि र पुरुष तर्फ सागर टन्डनले उपाधि चुमेको जितेका हुन । कोपिलाले एक सय ५० केजि तौल उचालेकी थिइन् भने जुनियर विद्यावाट सहभागि जनाएका सागरले ३ सय ९० केजि तौल उचालेका थिए ।

यसैगरि इङकलाइन व्रेन्चप्रेसमा महिला तर्फ सोभा तामाङ र पुरुष तर्फ विष्णु लामाले उपाधि जितेका छन । सोभाले एक सय २ केजि तौल उचालेका थिए भने सिनियर विद्यामा सहभागि जनाएका विष्णुले २ सय नौ केजि तौल उचालेका थिए । ओभर अल विजेता वनेका उनिहरुले जनहि नगद रु. ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उनिहरुलाई कार्यक्रमका अतिथि वडिविल्ङ्गि संघका केन्द्रिय सदस्य विक्रम लिम्वु, कोशी प्रदेश वडिविल्डङ्ग संघका अध्यक्ष केशव श्रेष्ठ, लायन्स लिडर धिरज गुरुङ्ग, लायन्स रेखा गुरुङ्ग, बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, धरान फिटनेस क्लवका संचालकद्धय कविरभगत प्रधानाङ्ग र कृति श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । अलओभर विजेता संगै तौल समुहका विजेता तथा उपविजेता ५४ जना खेलाडिहरुलाई धरान फिटनेस क्लवले ३ महिना, दुइ महिना र एक महिना निशुल्क छात्रवृत्ति प्रदान गरेको छ । धरान ७ स्थित धरान फिटनेस क्लवका संस्थापक पुर्व अन्तराष्ट्रिय तथा निर्णायक दिवंगत राजभगत प्रधानाङ्गको स्मृति तथा सम्मानमा प्रतियोगिताको आयोजना गरिएको हो । जुनियर, सिनियर, मास्टर वान र मास्टर टु विद्यामा विभिन्न तौल र उमेर समुहमा ६७ जनाले च्याम्पियन सिपमा सहभागिता जनाएको थियो । जुनियरमा १५ देखि २५ वर्ष, सिनियरमा २५ देखि ४०, मास्टर वानमा ४० देखि ५० र मास्टर टुमा ५० देखि ६० वर्ष उमेर समुह रहेको थियो । धरान फिटनेस क्वलका खेलाडीहरुको लागि मात्र आयोजना गरिएको प्रतियोगिता धरान फिटनेस क्लवको हलमा फागुन १६ गते देखि १८ गते सम्म संम्पन्न भएको थियो । दिवंगत राजभगत प्रधानाङ्ग धरान फिटनेस क्वलका संचालक कवि प्रधानाङ्गका वुवा हुन ।

तपाईको प्रतिक्रिया