डुंगा दौड प्रतियोगिता सूचिकृत नहु“दा माझी समुदाय चिन्तित

धरान । कोशी नदीमा आधारित खेल सूचिकृत नहुदा परम्गरागत खेल लोप हुदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । माथि उत्थान संघले कोशी नर्दीमा बर्षैनी डुंगा दौड प्रतियोगता आयोजना गर्दै आएको छ । देश विदेशबाट सहभागिताका लागि आयोजकलाई निम्तो आउने गरेपनि राज्यको नीति नहुदा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा देशको परम्परागत खेल प्रदर्शन गर्न सकेका छैनन् । माझी उत्थान संघका केन्द्रीय सदस्य गुन्जमन माझीले नेपालमा राष्ट्रिय खेल भए पनि जिल्लागत रुपमा यो प्रतियोगिता कहीँ पनि नभएको बताउनुभयो । राष्टिूय खेलकुद परिषरदले परम्परागत खेलको संरक्षण उद्देश्यले क्याटगरीमा राखेर खेलको आयोजना रामेछापको सेलेघाटमा गरिरहेको छ तर जिल्लावत रुपमा यो खेलको प्रवद्र्धन नभएकोले माझी उत्थान संघले यसलाई जिल्लावाइज रुपमा लानुपनै जोड माझी उत्थान संघले गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँले यस खेललाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन अहिले जिल्लावाइज खेलकुद प्रतियोगितालाई अगाडि बढाइएको जानकारी दिनुभयो । सघीय सरकारको राखेप र प्रदेश सरकारदेखि स्थानीय सरकारले समेत कोशी नदीमा आधारित खेललाई नीतिगत रुपमा प्रवद्र्धन गर्न नगर्दा खेल आयोजकले बजेट सम्म प्राप्त गर्न सक्ने अवस्था नरहेको माझी उत्थान संघद्वारा आयोजित दोस्रो जिल्ला स्तरीय खुल्ला दौड प्रतियोगिताका मुख्य व्यवस्थापक समेत रहनु भएका गुञ्जमान माझी बताउनुहुन्छ ।

कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई समेत लक्षित गरी प्रदेश सरकारमा माझी जातिको परम्परागत खेललाई प्रतियोगिताको रुपमा सञ्चालन गर्न प्रस्ताव गर्ने माझी उत्थान संघको तयारी छ । परम्परादेखि नदी खोलामा निर्भर माझी समुदायले आफ्नो प्रचीन तथा पुख्र्यौली पेशाको पहिचान र संरक्षण गर्ने उद्देश्यले कोशी नदीमा डुगा दौड प्रतियोगिताको आयोजना
गरेका हुन् । समुदायका युवाहरुले आफ्नो सबैभन्दा ठूलो पर्व लदी पूजाका अवसरमा डुंगा प्रतियोगिताको आयोजना गरेका हुन् । परम्परागत डुंगा दौड प्रतियोगितालाई लोप हुन नदिन डुंगा दौड प्रतियोगिताको आयोजना गरिएको बराहक्षेत्र माझी उत्थान संघका अध्यक्ष गुमानसिंह माझी बताउनुहुन्छ । बराहक्षेत्र ६ र २ मा रहेको सिसौली घाटमा शनिवार डुंगा दौड आयोजना गरिएको हो । प्रतियोगितामा २० समूहले सहभागिता जनाएका थिए । फागुन २० गते लदी पूजा परेको छ । यस दिन स्थानीय सरकारले विदा दिएको छ । विदाका लागि माझी उत्थान संघले कोशी प्रदेश सरकारसमक्ष समेत ज्ञापनपत्र बुझाइसकेको छ । कोशी किनारमा सुनसरी, मोरङ, झापा, उदयपुर जिल्ला लगायतबाट भेला भएका माझी समुदायले लदी पूजा धुमधामसँग मनाउने भएका छन् । शक्ति स्वरुपनी जलदेवी सतिदेवीको आरधना गरी कोशी नदीमा रागा, सुंगुर, कुखुरा, परेवाको पञ्चबली दिने परम्परा रहेको छ । नेपालमा रहेका विभिन्न जातजातिहरुमध्ये छुट्टै पहिचान र विशेषता बोकेको माझी जातिको प्रमुख चाड लदी (कोशी) पूजाका अवसरमा सार्वजनिक विदा गर्न नेपाल सरकारसमक्ष समुदायले माग गर्दै आएका छन् । यसैबीच फाल्गुन २० गते आयोजना हुने लदी पूजाको प्रचार स्वरुप आयोजना गरिएको खुल्ला दौड प्रतियोगितामा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम बनेका छन् । प्रथम हुदै उनीहरुले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा वराहक्षेत्र–६ का दीपक माझी र वराहक्षेत्र–१ का प्रवीण माझीको जोडी उपविजेता बन्यो । त्यस्तै वराहक्षेत्र–२ का सूर्य माझी र सुन्दर माझीको जोडी तेस्रो भए भने वराहक्षेत्र–६ का कुमार माझी र पुष्प पौडेलको जोडी सान्त्वना बन्यो । उनीहरुले क्रमशः प्रमाणपत्रसहित १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ प्राप्त गरे ।

तपाईको प्रतिक्रिया