धरान । सामान्य तया नेपाली चलचित्र निर्माण गर्दा व्यवसायिक रुपमा निर्माण हुने गर्छ । नेपालको साँस्कृतिक विभिधता, इतिहास झल्किने चलचित्र कमै बन्ने गरेका छन् । व्यवसायिक रुपमा ऐतिहासिक चलचित्रले सफलता हात नपारेकै कारण पनि यस्ता चलचित्र नबनेका हुन् । तर व्यवसायिक भन्दा पनि पूर्खाले गरेका कामको इतिहासलाई जनमानससम्म पु¥याउन नाम्लो चलचित्र निर्माण गरिएको छ ।्यो चलचित्रमा सबै नयाँ निर्देशक, कलाकारहरु रहेका छन् । सवारी साधनको पहुच नपुगेको समयमा अर्थात २०÷३० बर्ष अगाडि पूर्खाहरुले ढाकरमा नाम्लोमार्फत कृषि सामाग्री बजारसम्म पुर्याउने र नुन तेल खरिद गरेर ल्याउने पूर्खाहरुको इतिहासलाई समेटेर नाम्लो चलचित्र निर्माण गरिएको चलचित्र निर्माता,निर्देशकले बताएका छन् ।
सवारी साधन नचल्दा दुई तीन दिनको बाटो कष्टपूर्वक आफ्ले उत्पादन गरेको सामाग्री ढाकरमा बोकेर थाप्लोमा नाम्लोको सहायताले बजारसम्म पु¥याउने र विक्री गरेको रकमले नुन तेल किनेर ल्याउने त्यसबेलाको जीवन्तता नाम्लो चलचित्रमा जस्ताको तस्तै उतारकोको मुख्य कलाकार पूर्णबहादुर लिम्बु बताउनुहुन्छ । सेवा निवृत्त विटिश आर्मी समेत रहनु भएका लिम्बुले संखुवासभाको थाम्लिङ भन्ने गाउँको इतिहासलाई समेटेर त्यही गाउँको सहयोगका लागि चलचित्र निमाण गरिएको बताउनुभयो । नुन तेल ढाकरमा बोकेर जीवन निर्वाह गर्ने मात्र हैन त्यस बे्ला विरामी हुदा छेउछाउमा अस्पताल नहुदा धनकुटा, धरान लगायतका सहरमा ढाकरमार्फत नै विरामी बोक्ने दुःखदायी प्रचलनलाई समेत चलचित्रले समेटिएको छ । कलाकारहरुले पनि गाउँको परिवेशसँग आफूलाई अभिनयमार्फत उतार्न पाउँदा खुशी लागे पनि अत्यन्तै कठिन भएको कलाकारहरु बताउँछन् ।
भरियाहरुको जीवनमा आधारित नाम्लो चलचित्रमा त्यसबेलाको परिवेशसँग मेल खाने गरी निर्माण गरिएको निर्देशक हेमन्त योञ्जन बताउनुहुन्छ । उहाँले यतातायाको असुविधाका कारण खाली खुट्टा, ढाकर बोकेर १०÷१२ दिन हिड्नुपर्ने ढाक्रे कथालाई समेटेर चलिचित्र निर्माण गरिएको बताउनुभयो । चलचित्र निर्माणको व्यवसायिक नभई उद्देश्य पूर्खाले गरेका कामलाई अहिलेको पुस्ता सम्म पु¥याउने र पूर्खाहरुले गरेको कामको सम्मान गर्न सबैले सिकुन र प्रदर्शन गरेर आएको रकम संखुवासभाको थाम्लिङबासीहरुलाई सहयोग गर्ने रहेको छ । पछिल्लो समय नेपाली चलचित्र व्यवसायिक हिसाबले निर्माण हुने गरेको छ । ऐतिहासिक, शिक्षाप्रद चलचित्र थोरै निर्माण हुने गरेका छन् । यस्ता चलचित्र निर्माण गर्दा नेपालको र नेपालीको बस्तुस्थिति नेपालीलेमात्र हैन संसारका सबैले थाहा पाउने भएकोले पनि यस्ता चलचित्रको गरिमा बढेर जाने चलचित्रकर्मी, दर्शक, अग्रज बुद्धिजीवि लगायतले अपेक्षा राखेका छन् ।