घण्टाघरबाट हेर्दा

नेपाली जेलेन्सीको रुवाबासी
लुटेर, धम्क्याएर, हत्या गरेर, भ्रष्टचार गरेर राजनैतिक रोटी सेकेर खाँदै आएका नेपाल जेलेन्सीहरु यतिबेला तीब्र छट्टपट्टाहटमा प¥या छन् । पैत्तीस छत्तीस बर्षदेखि नेपाली जनताका बीचमा झुठको डमरु बजाएर नचाएर छोटे राजा बनेकाहरु गुन्टा सामान कस्न थाल्या छन् रे । प्रजातन्त्र दिवसका आवसरमा राजा ज्ञानेन्द्र शाहले निकालेको एउटा विज्ञप्तीले विचराहरु जथाभावि बर्बराउन थाल्या छन् । कोही राजालाई अँठ्याउनुपर्छ भन्दै चिच्याएका छन् । कोही जेल हाल्नुपर्छ भन्दै उफ्रिदैछन् । विचाराहरुको गोरस धन्दा अब बन्द हुने अवस्थामा पुगेको छ । जनताले तिरेको कर पनि हसुरेको छ, विदेशीले दिएको अनुदान पनि हसुरेको छ, कुस्त विदेशीबाट ऋण लिएर पनि हसुरेको छ । अति नगर्नु अति गर्दा खती हुन्छ भन्ने त उखानै छ । धन्न नेपाली जनताले यत्तिका बर्षसम्म सुध्रन्छन् कि भनेर पर्खे । हम कभि नही सुुध्रेंगे भनेझैँ नसुध्रेपछि जनता सडकमा यिन्को पिँधमा पुल्ठो बाध्न निस्किसके । अब गज्जब होला जस्तो छ काइला ।
कहा राजाराम कहा गंगुतेली

माउदीका एक नव धनाढ्य बर्षमान पुनले अस्तिका दिन जगतै हाँस्ने गफ ठोकेछन् । अकुत लुटेसी’ यिन्को कामै यतिबेला हावादारी गफ ठोक्ने त हो । अब हेरम न तिन्ले् अस्तिका दिन बीप्ीि र प्रचण्ड युग नायक हुन भनेर गफ ठोकेसी’ सामाजिक सञ्जालमा तिनको पितृ देख्नेगरि सक्तोसराप चल्या छ । विचराले मानिस प्रभावित गर्न बीपी र हतियार प्रहार गरेर आफ्नै दाजुभाई सिध्याउनको ती खैजडीले कसरी तुलना गर्न सक्या होलान् ? अलिकति कुरीकुरी पनि लाग्नुपर्ने हो । कहाँ राजाराम बीपी कोइराला कहाँको गंगुतेली प्रचण्डको तुलना हुनै सक्दैन । थुतुनोमा जे आयो त्यही त बक्नु भएन नि ?
के नाटक ग¥या होलान् ?
अर्थमन्त्री आच्या ललिता निवासका जग्गाधनी र पोखरा महानगरपालिकाका प्रमुखको अनुहार यतिबेला बेलुन काण्डले भत्किएको छ । अर्थतन्त्रको मुहार फेर्छु भन्ने अर्थमन्त्री र पोरखाका महानगरपालिकाको मुहार फेर्छु भन्ने दुवै डाम्नाले अन्तेमा आफ्नै मुहार फेरेछन् । खुबै बेलुन उडाएर उद्घाटन गर्नुपर्ने ? थपक्क पानसमा बत्ती बालेर उद्घाटन ग¥या भए मुहार त फेरिने थिएन । फेरि घण्टाघरले नबुझ्या कुरा यतिबला बेलुनमा हावा भर्ने पेशा गर्दै आएका एकजनालाई प्रहरीले अँठ्याएर हत्कडील गाएर थुनेछ । हुन त देश बेच्ने भ्रष्टको हातमा कानुन भएसी’ बेलुनमा हावा भरेर पेट पाल्दै आएकाहरु त जेल जान्छन्, हत्कडी लगाइन्छ, कि कसो हौ ?
थुतुनै बन्द गर्देछन्
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्येक्षे कमलाउ पनि कहिलेकाँही त राम्रै गफ दिन्छन् । राजाले फागुन ७ गते देशबासीका नाममा सम्बोधन गरेपछि प्रचण्डको थुतुनो निक्कै चल्न थाल्या थियो । जनताले जहाँ भेट्यो त्यही दोक्च्याउने अवस्थामा आइसकेपनि नानाथरिको जामा लगाएर थुतुनो चलाउन थाल्या प्रचण्डाउको थुनुतो कमलाउले ट्याप्पै पार्दिएछन् । राजाको पालामा माने युद्धकालमा राजासँग मिलेर जाने वातवारण बनाइदिनुस् न भन्दै तिनै प्रचण्डाउले कमलाउलाई प्रस्ताव पठाएका रा’न । राजाको सम्बाधनपछि सबैभन्दा खुंखार गणतन्त्रवादीको जामा लगाएर अन्टेसन्टे भुक्न थालेका तिनै प्रचण्डाउलाई कमलाउले प्रस्तावको स्मरण गराइदिएछन् । कमलाउले स्मरण गराएसी’ प्रचण्डाउको थुतुनोको स्वर परिवर्तन हुन थाल्या छ ।
विचराले अब के बोल्ने ? अर्का धुन्धुकारी बाउरामले त ०६४ सालको सविधानसभाको निर्वाचनकै बेला प्रचण्डाउको जस्तै प्रताव पठाका रा’न । उनले कँग्रेस एमालेलाई बाइपास गरेर राजासँग मिलेर सत्ता चलाउने सम्मको प्रस्ताव पठाएका रा’न । राजा भन्या राजै हो । कसैलाई निषेध किन गर्थे ? त्यसपछि तिनीहरु गणतन्त्रवादी भा’रैछन् । नेपालाको लाजनीति ।
अरब डकार्ने जोकरहरु
अम्रिकाले नेपाली जनताका उत्थानका लागि युएआइडीमार्फत दिएको अरबौ रकममध्ये करोडौ हातपार्ने नेपालका दुई कुख्यात जोकरहरु पनि रा’न । हिही र ह्याँ ह्याँ गरेर बेतुकको नौटंकी गरेर ती दुई कुख्यात जोकरहरुले पाँच खोका हात पारेछन् । पाप धुरीबाट कराउँछ भन्थे हो रै’छ । ताइत न तुईको नाटक गरेर युएसएडको रकम लिएर धर्म परिवर्तन गर्न प्रोत्साहित गरेका रै’छन् । आफ्नै कोखबाट जन्मिएको सन्तानको धन्दा धर्म बेच्ने भएसी’ अरु के बाँही रहयो र ? यतिबेला ती दुवै नटुवहरु आफूहरुलाई बद्नाम गर्न अनर्गल प्रचार गरिएका भन्दै सामाजिक सञ्जालमा डाँडो छोडेर रुन थाल्या छन् । आफ्नै धर्म सँस्कृति मास्ने कुलंघारहरुलाई सामाजिक सञ्जालमा दिनसम्म दनक दिएका छन् । जे होस् अम्रिकी राष्ट्रपति डोनाल्ड ट्रमलाई घण्टाघरचाहिँ धन्यवाद भन्छ ।
माकुनेको आत्मरति
अराष्ट्रिय पार्टीका अध्येक्षे माकुने हिजोआज एक्लिदै गएछन् । विगतमा लाउरेसको बुद्धि बिग्रिदा आठ दश सिट हात पार्न सफल भएका विचराको आगामी दिनमा पूरै अस्तित्व मेटिने निश्चित भा’छ । विचरा अहिलेदेखि नै अस्तित्व जोगाउन मोलमोलाइमा लाग्या छन् । कसैकले प्रस्तावै नगरेको कुरालाई आफै मपाई पल्टेर माउवाद र एमालेँसँगको एकता हल्लामात्र हो भन्दै हिँड्न थाल्या छन् । न तिनलाई माउवादीले पार्टी एकता गरम भन्या छ न तिनलाई एमालेल पार्टी एकता गरम भन्या छ । एमालेले चाकमा जोर लात्ती बजाएर सडकको रछ्यानमा पु¥याइदिएको थियो । माउवादीले माकुनेलाई घाँस हाल्नै छाडिदिएको छ । अनि वित्थाँ माकुने जस्ता घाँडालाई के भनेर हुल्छन् ? न संगठन छ, न कार्जेकर्ता छन् । अरुको काँधमा बसेर फुइँ गर्नु त भएन नि ? वात करता है माकुने । आफू अध्यादेशबाट जन्मिएको माकुनेले भुसुक्कै बिर्सिएछन् ।
संघीयता फ्रड हो
दक्षिण नेपालको संघीयता घाँडो होला जस्तो पो छ । हुन त यो घाँडै हो । आफ्ना वरपरका हुक्के, ढोके, बैठके, नन्दी, भृंगी, भूत, पिसाचहरुको भरण पोषण गर्न संघीयता लादिएको थियो । नेपाली जनताले प्रारम्भदेखि नै विरोध गर्दै आएका थिए । अहिले आएर अम्रिकाको राष्ट्रपतिले पनि फ्रड माने गलत हो भन्दिए । यिनीहरुलाई पाल्न अम्रिकाले कुस्त रकम दको रै’छ । अर्काको वैसाखीमा टेकेर राज गर्दैै आएकाहरु अब के गर्लान् ? एउटा वडाध्यक्षको जत्तिको पनि ल्याकत नभाका संघीय सरकारका मन्त्रीलाई हनिमुन मनाउनैका लागि खरबौ ऋण लिएर गाडी, घोडा, महल, तलब, भत्ता दिएको अब नपच्ने भयो ।
अन्तेमा
पर्धानमन्तरी खप्रओको बोली परिवर्तन नभए जस्तो छ । हुन त उनले पहिला पनि भन्या थिए नेपालमा गणतन्त्र बेलगाडी चढेर अम्रिका गएजस्तो मात्र हो । अस्तिका दिन खप्रओले संघीयता देशका लागि घाँडो हो, पहिला पनि आफूले संघीयता माग नगरेको दोहो¥याए । के गर्ने हग्ने बेलामा दैलो नदेखेपछि समर्थन र माग थिएन भने सविधानमा औँठाछाप किन लगाएको ? कसैले जबरजस्ती अँठ्याएर ड्याम ड्याम औठाको छाप लगाइदिएका त थिएनन् होला ? राजाको सम्बोधनपछि एकाएक स्वर परिवर्तन हुन थालेजस्तो छ । हुन त परिवर्तन हुनु पनि पर्छ । जनता जागिसके, सडकमा निस्किसके, जहाँ नेता भेट्यो त्यही बजाउने मनस्थितिमा पुगिसके । अनि यस्ता बेलामा छेपार रौँ परिवर्तन गर्नु
परेन त ? आखिरी खप्रओ हुन् । आँगन अनुसार नाच्न जान्या छन् । कि कसो हौ ?

तपाईको प्रतिक्रिया