बेकसुर एसपी हिरासतमा

धरान । नेपाल प्रदेश प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल विगत २० दिनदेखि इलाका प्रहरी कार्यालय विर्तामोड झापाको हिरातमा रहनु भएको छ । कार्तिक २४ गते झापा पुगेर फर्कदै गरेको अवस्थामा उहाँ सवार स्कार्पियो र मोटरसाइकल विरिङ खोलामा एक आपसमा ठोक्किदा मोटर साइकलमा सवार तीनजनामध्ये एकजनाको उछिटिएर मृत्यु भएपछि आवश्यक अनुसन्धानमा सहयोग पुगोस् भन्ने हेतुले उहाँ आफै हिरासतमा बस्नु भएको हो ।


यसै सम्बन्धमा उहाँसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो, झापाबाट फर्कदा आफू आफ्नै लेनमा हिडिरहेको अवस्थामा तीन जना सवार मोटर साइकल बत्तिदै आएर पछाडिको चक्कामा ठोक्किएर पुलमा ठोक्किदा एक जनाको मृत्यु भएको बताउनुभयो । इलाका प्रहरी कार्यालय विर्तामोडले दिएको जानकारी अनुसार मोटर साइकल चालकको लाइसेन्स नभएको, तीन जना सवार रहेको थियो । रातको ९ बजे उक्त घट्ना भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । मान्छे मरेपछि प्रोसेसमा जानैप¥यो । कानुनी दायरामा बसेर काम गर्नुपर्र्ने हुन्छ । घट्नापश्चात एसपी दाहाल आफैले घाइतकेो उद्धार गरी हस्पिटल पु¥याउनु भएको थियो । हाल अनुसन्धान चलिरहेको छ । स्रोतले दिएको जानकारी अनुसार मापसे गरेका रहेछन्, पछाडि ठोकिएका छन्, विना लाइसेन्स भएकोले कानुनत ः एसपी दाहाल निर्दोष देखिनु भएको छ ।

तपाईको प्रतिक्रिया