चाँडो सडक बनाउन व्यवसायीहरुको माग

धरान । सम्बन्धित पक्षले चाडपर्व भन्दा अगाडि नै ६ लेन बाटो बनाउने आश्वासन दिएपनि नबनेको र यसमा यातायात व्यवसायी र व्यापारी व्यवसायी मारमा परेका भन्दै ध्यानाकर्षण गराएका छन् ।
धुलो, धुवा, हिलो र खाल्डाखुल्डीका कारण सास्ती भोग्नुपरेको पीडालाई मध्यनजर गरी छ लेन बाटो समयमै निर्माण नभएको भन्दै सुनसरी उद्योग वाणिज्य संघ धरान र नेपाल यातायात व्यवसायी राष्टिूय महासंघ कोशीले सम्बन्धितको ध्यानाकर्षण नभएकोप्रति आपत्ति व्यक्त गरेका छन् । लामो समयदेखि त्रिदेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडक आयोजना अन्तर्गतको इटहरीको तरहरा देखि सेउतीपुलसम्म बाटो नबन्दा सर्वसाधारण, व्यापारी, व्यवसायी, यातायात व्यवसायी, चालक तथा एम्बुलेन्स चालकहरुले सास्ती भोग्नुपरेको भन्दै सम्बन्धित पक्षलाई गम्भीर हुन आग्रह गरेको होे । यो सडक हँुदै दैनिक हजारौ सवारी साधन गुड्ने भएकोले सवारी साधनमा टुटफुट हुने, दुर्घटनाको जोखिमको खतरा बढ्दै गएपनि सम्बन्धित पक्ष गम्भीर नभएकोप्रति नेपाल यातायात व्यवसायी राष्टिूय महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठले सम्बन्धित पक्षको निकम्बापनको संख्या दिनुभएको छ । उहाँले चाडो सडक निर्माण गरी समस्याको समाधान गर्न आग्रह गर्नुभयो ।


यसैगरी सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले रानी विराटनगर किमाथांका सडक अन्तर्गतको तरहरादेखि सेउतीसम्मको सडक निर्माण ढिला भएको र ढिलासुस्तीका कारण सबैले सास्ती भोग्नुपरेको बताउनुभयो । उहाँले समेत सम्बन्धित पक्षलाई निर्माणका लागि चाडो भन्दा चाँडो निर्माणका लागि पहल गरिदिन माग गर्नुभयो । जीर्ण सडककै काण चालक, विरामी बोकेको एम्बुलेन्स, व्यापारी व्यवसायीको सामानामा टुटफुट आउने, धुलोका कारण सर्वसाधारणमा स्वास्थ्यमा प्रतिकूल असर परेको लगायतक समस्या रहेको छ । यो सडक ०७७ सालमै सम्झौता भएर ०८० असार मसान्तसम्ममा सकिनुपर्ने भएपनि अहिलेसम्म निर्माण हुन सकेको छैन । रानीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरा सम्म निर्माण भइसकेको छ । यो सडकको लागत १० करोड ५८ लाख भएपनि समयमा निर्माण नहुदा लागत बढ्दै गएको छ भने यात्रा गर्ने यात्रु, चालक, विरामी बोकेको एम्बुलेन्स सबैभन्दा बढी मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया