कोरा राइड च्यालेन्जबाट उठेको रकमबाट बेड सहयोग

धरान । कोरा राइड च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमले अहिले धरानमा संक्रमणको रुपमा फैलिएको डेगुका विरामीलाई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका छन् । गत जुलाई १५ मा आयोजना भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमबाट  धरान उपमहानगरपालिका १४ नं. वडा समितिका रहेको आधारभूत स्वास्थ्य केन्द्रलार्ई स्टेन्डसहितको चारवटा वेड सहयोग पु¥याएका हुन् । कोरा राइड च्यालेन्ज २०८० का संयोजक विनयलाल श्रेष्ठले प्रतियोगिताबाट १ लाख ५० हजार  रकम उठेको र सोही रकमबाट ३० हजार बराबरको स्टेन्डसहितको चाटा वेड १४ नं. वडा समितको आधारभूत स्वास्थ्य केन्द्रलाई वितरण गरिएको बताउनुभयो । धरानमा डेंगुको संक्रमण बढिरहदा आधारभूत स्वास्थ्य चौकीले वेड अभावमा भुईमै सुताएर उपचार गरेको पाइएपछि सहयोग गरिएको श्रेष्ठले बताउनुभयो ।


धरानमा अत्याधिक बढेको डेंगुको महामारीमा १४ नं. वडा कार्यालयले वडाको आधारभूत स्वास्थ्य चौकीमा वेड नभएपछि विजयपुर चौकमा रहेको विजयपुर मेडिकल हलसँग समन्वय गरेर उपचार गर्दै आएको थियो । तर वेड भएपछि आधारभूत स्वास्थ्य केन्द्रमै उपचार गर्न सहज हुने आधारभूत स्वास्थ्य  केन्द्रकी प्रमुख युनिसा खत्रीले बताउनुभयो । वडा समितिका कार्यवाहक अध्यक्ष झर्ना पौडेल मुखियाले वडामा बजेट कम भएकै कारण संक्रमणको समयमा पनि भनेजस्तो उपचार गराउन नसकिएको अवस्थामा चारवटा वेड प्रदान गरेकोमा कोरा राइड च्यालेन्ज प्रतियोगिता आयोजक टिमलाई धन्यवाद दिनुभयो । वेड अभावकै कारण वडाले विजयपुर मेडिकलसँग सहकार्य गरेर उपचार गर्नुपर्ने बाध्यता रहेको बताउदै अब त्यो समस्या नहुने बताउनुभयो । वडाले संक्रमणको समयमा आफ्नै खर्चमा विजयपुरबासीहरुलाई निःशुल्क उपचारसँगै औषधि उपलब्ध गराउदै आएको छ । वेड प्राप्त भएसँगै उपचारमा अझ सहज हुने वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया