कोशी प्रदेश नामांकन विरुद्धको आन्दोलनले जनजीवन ठप्प : दर्जनौ पक्राउ पश्चात रिहा

धरान । प्रदेश नं. १ संसदले दुई हप्ता अगाडि दुई तिहाई भन्दा बढी वहुमतले कोशी प्रदेश नमांकन गरेपछि पहिचानवादीहरुको संयुक्त सघर्ष समितिले आइतबार आवहान गरेको बन्दले जनजीवन ठप्प भएको थियो भने बन्दका क्रममा अस्वभाविक गतिविधि गर्न खोजेको भन्दै प्रहरीद्वारा विभिन्न स्थानबाट पक्राउ परेका दर्जनौलाई साँझ रिहा गरिएको थियो । बन्दका कारण सुनसरी,मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम सबै भन्दा बढी प्रभावित भएका थिए । यी जिल्लामा लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधन चल्न सकेनन् भने शिक्षण संस्था, बजार पसल, उद्योग धन्दा सबै ठप्प हुन पुगेको थियो । कोशी प्रदेशका अन्य जिल्लाहरुमा उदयपुर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बुमा बन्दको कुनै प्रभाव नपरेको प्रहरीले जनाएको छ ।
बन्दका क्रममा झापाको विर्तामोडबाट मित्र लिंगेन, विनोद न्यौपाने, निर्मला लिगदेन, देउमान लिम्बु, गौरीमान राई, कुमार साम्यु, सामी पालुङ्वा, काँकडभिट्टाबाट ओम प्रकाश खापुङ, श्रवण मेचे, दमकबाट प्रेमदिप थाम्सुहाङ्ग, रोशन तुम्बापो लिम्बु, महेन्द्र चाम्लिङ, रेणुकुमार लिम्बु, दिपक लिम्बु, बन्दना नेम्बाङ्ग, अवि चेम्जोङ, योगेश मादेन , डिबहादुर मादेन, श्याम मादेन, याम लोरिङ्गदेन, चारआलीबाट यलम्बर खम्बु पक्राउ परेका थिए । प्रहरीले पक्राउ परेका सबैलाई साँझ छाडिदिएको थियो ।


प्रदेश न. १ पुन नामांकन संयुक्त संघर्ष समितिले एक दिन अगावै संयुक्त विज्ञप्ती प्रकाशित गरी विभिन्न स्थानमा मसाल जुलुस समेत निकालेको थियो । उनीहरुले एकल जातीय वाहुनवादी कोशी प्रदेश नाम खारेज गर, पहिचानवादी एक हौ, ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नाम पुन ः नमाङ्कन गर जस्ता नारा समेत लगाएका थिए । संयुक्त सघर्ष समितिमा लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिमा किरात याक्थुङ चुम्लुङ, जनता समाजवादी पार्टी सम्बद्ध किरात राष्ट्रिय समिति, लिम्बुवान राष्ट्रिय समिति, सेर्पालु राष्ट्रिय समिति, शिल्पी दलित विशेष राष्ट्रिय समिति, मधेश राष्ट्रिय समिति, धिमाल स्वायत्त क्षेत्र समिति, नेकपा एस निकट नेपाल लिम्बु संघ समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान प्राप्तीय मञ्च, संघीय दलित मुक्ति प्रान्तीय मञ्च, संघीय शेर्पा प्रान्तीय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान  राष्ट्रिय मुक्ति मोर्चा नेपाल, किरात राष्ट्रिय मुक्ति मोर्चा, कोचिला राष्ट्रिय मुक्ति मोर्चा, किरात याख्खा छुम्मा, धिमाल जाति विकास केन्द्र, किरात याख्खा लोकतान्त्रिक मुक्ति मोर्चा, सुनुवार सेवा समाज, रावजवींशी समाज विकास समिति, आठपहरिया स्वायत्त क्षेत्र समिति, याक्थुङ स्वायत्त क्षेत्र समिति, लिम्बुवान स्प्रिङ्ग आन्दोलन, याक्थुङ चलचित्रकर्मी संघ,, याक्थुङ लेखक सघ, नेपाल मागर संघ १ नं. प्रदेश समिति, नेपाल गन्गाई समाज, सिङसा कल्याण केन्द्र, थारु ग्रामथान, संघीय लेप्चा स्वायत्त मञ्च, नेपाली काँग्रेस पहिचानवादी संघर्ष समिति, नेपाल तामाङ्ग घेदुङ १ नं. प्रदेश समिति, नेपाली काँग्रेस सम्बद्ध लिम्बु संघ, नेकपा एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक किरात लिम्बु संघ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेकपा क्रान्तिकारी रहेका छन् । यसैगरि किराँत राइ यायोख्खा र सम्बद्ध थरगत, भाषिक र भातृ संस्थाहरु, पहिचान सहितको प्रदेश न १ को पुनः नमाङ्कन अभियान समिति, नेपाल शेर्पा संघ, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद् र आवद्ध संघ सस्थाहरु, खम्बुवान राष्ट्रिय मोर्चा केन्द्रीय समिति, संघीय लिम्बुवान पार्टी नेपाल, किराँत मोर्चा किरात लिम्बुवान प्रदेश नमाङ्न अभियान र लोसपा लिम्बुवान राष्ट्रिय समिति रहेका छन् ।

तपाईको प्रतिक्रिया