प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर रिट समुहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरेको छ ।


आइतबार राती ११ बजे सुनसरीको धरान उप–महानगरपालिका–१६ नौलोबस्तीबाट कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाहलाई शंकास्पद अवस्थामा घरको पछाडी लुकाई राखेको अवस्थामा प्रतिबन्धित औषधी ट्रमा १५० एमजीको १२ हजार २ सय क्याप्सुल र स्पास्पिन ५ सय ३० ट्याबलेट फेला पारेको हो । पक्राउ परेका उीनहरुको विषयमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया