सातौ राष्ट्रिय होराजन कप पुलिसविरुद्ध पहिलो भेटमै आर्मीको फराकिलो जित

धरान । धरानमा जारी सातौं हराइजन राष्ट्रिय बास्केटबल प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध त्रिभूवन आर्मी क्लबले ’क्लिन विन’ निकालेको छ ।  बास्केटबल प्रतियोगितामा पुलिससँग पहिलो पटक भेट गरेको आर्मीले ३० स्कोरको फराकिलो अन्तरले जित निकालेको हो । पुलिसले ७० फाइनल स्कोर गर्दा आर्मीले १०० बास्केट गरी जित निकालेको हो ।
हराइजन बास्केटबलको पाँचौ संस्करणको विजेता तथा अघिल्लो संस्करणको उपविजेता त्रिभूवन आर्मी क्लबले सातौं हराइजन राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि जित्दै नगद १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।  जितका लागि पुलिसविरुद्ध आर्मीले प्रत्येक क्वाटरमा १८–१६, २६–२२, ३५–११ र २१–२१ को स्कोर बनाएको थियो । उपविजेता पुलिसले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


फाइनल खेलमा म्यान अफ द म्याच आर्मीका रोबिन खत्री घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे । प्रतियोगिताका उदयीमान खेलाडी हराइजन क्लबका सर्वधन राई भए । मोस्ट भेलुएबल प्लेयर घोषित हुँदै आर्मीका निश्चल महर्जनले नगद १० हजार र ट्रफी प्राप्त गरे । बेस्ट कोच आर्मीकै पूर्णबहादुर खड्का बने ।  विजेतालाई धरानका उपमेयर अइन्द्र विक्रम बेघा, वडाध्यक्षहरु मुरारी भट्टराई, प्रवीण राई, विवेक राई, कार्यपालिका सदस्य सिर्जना नेपाललगायतले पुरस्कार प्रदान गरे ।  यसैगरि हराइजन क्लवले प्रत्येक वर्ष गर्दै आएको ज्येष्ठ नागरिक सम्मान र पत्रकार सम्मानलाई यस पटक पनि निरन्तरता दिएको छ । ज्येष्ठ नागरिकमा स्थानीय विश्नाबहादुर राई, रणबहादुर सुनुवार, रत्नबहादुर राई, इन्द्रकुमारी राई र आशा राईलाई सम्मान गरिएको छ ।  यस्तै विगत दुई दशकदेखि फोटो पत्रकारिता गरिरहेका स्थानीय पत्रकार लक्ष्मण थापालाई सम्मान गरिएको छ ।
त्र

तपाईको प्रतिक्रिया