नेपालको प्राकृतिक सम्पदा चिनाउन लण्डनमा तीनदिने कार्यक्रम

लण्डन । नेपालको जीवन्त साँस्कृतिक सम्पदालाई अन्य देशलाई चिनाउने उद्देश्यले लण्डनमा तीनदिने प्यालेट र प्रोज कार्यक्रमको आयोजना गरिएको छ । वैसाख ४ गते देखि ६ गतेसम्म लण्डनको युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । लण्डन बस्दै आउनु भएका साहित्कार कृष्ण बज्गाईले दिनुभएको जानकारी अनुसार नेपालको प्राकृतिक सौन्दर्यलाई कलामा उतारिएको र साहित्यिक कृतिहरु कार्यक्रममा सार्वजनिक गरिएको थियो । साहित्यकार बजगाइका...

जनकपुर धाम साँस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न

जनकपुर । बीपी कोइराला भारत नेपाल फाउन्डेशन, भारतीय राजदुतावास काठमाण्डौस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र विरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको आयोजनामा नव बर्ष २०८१ को अवसरमा जनकपुरधाम साँस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ । जकनपुरधाम साँस्कृतिक महोत्सवको पहिलो संस्करण २०८९ को वैसाखमा सम्पन्न भएको थियो । यसपटक सम्पन्न साँस्कृति महोत्सव जनकपुरधामस्थित महेन्द्र नारायण नीधि मिथिला साँस्कृतिक  केन्द्रमा आयोजना गरिएको थियो भने कार्यक्रमलाई...

पर्यटन प्रवद्र्धनका लागि आयोजित दुई दिने इलाम साहित्यिक महोत्सव सम्पन्न

इलाम । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित दुई दिने इलाम साहित्यिक महोत्सव आइतबार सम्पन्न भएको छ । इलाम नगर साहित्यिक कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा सम्पन्न उक्त साहित्यिक महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले समुद्घाटन गर्नुभएको थियो । पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, विश्लेषक, कलाकारहरुको ठूलो...

भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा झल्कने ओडिसी र लोकनृत्य प्रस्तुत

धरान । फागु पर्व (होली) को पूर्व सन्ध्यामा चैत्र १० गते भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा भरतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य साँस्कृतिक कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदुतावास स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले उक्त साँस्कृतिक कार्यक्रम संयुक्त रुपमा आयोजना गरेका थिए । पोखराको बाराहीघाट लेकसाइडमा आयोजित उक्त साँस्कृतिक...

नेपालका दश जना विशिष्ट प्रतिभाहरु प्रज्ञा पुरस्कारबाट पुरस्कृत हुँदै

धरान । साहित्यका विविध फरक धारमा निरन्तर कलम चलाउँदै आएका १० जना विशिष्ट प्रतिभाहरु नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुने भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको अध्यक्षतामा बसेको बैठकले १० जना विशिष्ट प्रतिभाहरुलाई प्रज्ञा पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको थियो । त्यसरी पुरस्कृत हुनेहरुमा धरानमा बसेर लामो समयदेखि पद्य साहित्यमा कलम चलाउँदै आउनु भएका बम देवान समेत...

वैध र जोशीको कृतिमाथि ताप्लेजुङमा विमर्श

धरान । इलामका–साहित्यकार विमल बैध र धनकुटामा जन्मेर काठमाण्डौलाई कर्मक्षेत्र बनाई साहित्य साधनमा समर्पित मोमिला जोशीको कृतिमाथि ताप्लेजुङमा विमर्श भएको छ । फागुन २७ गते दुई साहित्यिक सर्जकहरुको कृतिमाथि नेपाली कला साहित्य डटकमले आयोजना गरेको परीसंंवाद कार्यक्रममा उहाँहरुको कृतिमाथि विमर्श गरिएको थियो । ताप्लेजुङ्गको सदरमुकाम फुङलिङमा आयोजित कार्यक्रममा साहित्यकारद्वय विमल वैधको युगको तटमा उभिएर, मोमिला जोशीको प्रश्नहरु बाँकी नै रहन्छन्...

गीलु रातोसको ‘सिलिदुङ’ माथि विमर्श

धरान । युवा कवि गीलु रातोसको सिलिदुङ कविता संग्रहमाथि शनिवार धरानमा विमर्श भएको छ । जनयुद्धकालमा चम्किलो रातो तारा साँस्कृतिक परिवार, सगरमाथा साँस्कृतिक प्लाटुन, चोमोलुङमा साँस्कृतिक कम्पनी, पूर्वी सामना परिवार हुँदै सामना परिवार केन्द्रीय टोलीमा रहेर काम गरेका साँस्कृतिक सेना गीलु रातोसको सिलिदुङ पहिलो कविता संग्रह हो । गणेश कुमार राई उर्फ गीलु रातोसले आफ्नो पहिलो कविता संग्रहमा ४० वटा...

इलामका युवा कवि वैध योगेश्वर बाङ्मय पुरस्कारबाट पुरस्कृत हुँदै

इलाम । इलामका युवा कवि विमल वैध योगेश्वर वाङमय पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ । आफ्नै जन्मथलो इलामलाई कार्यक्षेत्र बनाई कविता, निवन्ध, जीवनका अनेकौ कालखण्डहरुको भोगाई संस्मरण लगायतका विद्यामा कलम चलाउँदै आउनु भएका वैधका हालसम्म चारवटा कविता संग्रहहरु प्रकाशित भइसकेका छन् । उहाँको पहिलो कविता संग्रहमा आकाश छुन खोज्ने महलहरु २०६०, समय र सपनाहरु २०७२, अक्षर सिम्फोनी २०७५, युगको तटमा...

काइलाको भव्य रुपमा अभिनन्दन गरियो

धरान । मुर्धन्य साहित्यकार तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा वैरागी काइला (तिलबिक्रम नेम्बाङ्ग) लाई सोमबार काठमाण्डौमा भव्य रुपमा अभिनन्दन गरिएको छ । पूर्वी पहाडी जिल्ला पाँचथरमा जन्मनु भएका वैरागी काइला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत हुनुहुन्छ । उहाँलाई नेपाल प्रज्ञा प्रतिष्ठान र पाँचथरका श्रष्टा मञ्चले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा अभिनन्दन गरिएको हो । सो अवसरमा साहित्यकार काइँलाले साहित्यमा...

इलामको रोङ गाविसमा तीनदिने कला सँस्कृति महोत्सव सम्पन्न

रोङ । इलाम जिल्लाको रोङ गाविसमा स्थानीय कला, सँस्कृति र पर्यटन प्रवद्र्धन गर्ने हेतुले आयोजना गरिएको तीनदिने महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।  माघ २७ गते शनिवारदेखि आयोजना गरिएको महोत्सव २९ गते सोमबारसम्म सञ्चालन भएको थियो । इलामको चेतना नाट्य समूह र झापाको ट्रेक ८५८६ को विशेष समन्वयमा महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय कला, संस्कृति र पर्यटनसँग...