बन्द सि–म्याक्स खुल्दै

इनरुवा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका स्थित पाँच बर्ष अगाडि बन्द भएको सि–म्याक्स इण्डडिष्ट्रज पुन ः सञ्चालनमा आउने भएको छ ।  चिनियाँ नागरिक मिस्टर चाङ्गको लगानीमा स्थापित उद्योग कोभिड १९ अगाडि बन्द भएको् थियो । उक्त उद्योगका पार्टनर मिस्टर से अवैध जडिबुटी काण्डमा गिराÏतार भएर जेल गएपछि उद्योग पूर्ण रुपमा बन्द भएको हो । चैत्र महिनामा हाल जेलबाट छुटिसकेका...

तिक्तता र मनमुटाव विर्सन आग्रह

इलाम । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई आपसी तिक्तता, मनमुटाव विर्सेर वैसाख १५ गते हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा होमिन आग्रह गर्नुभएको छ । उप निर्वाचनको प्रचार प्रसारका क्रममा सोमबार इलाम पुग्नु भएका कोइरालाले भन्नुभयो नेपाली काँग्रेस कमजोर छैन । काँग्रेसले निर्वाचन जित्न कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यकता छैन । काँग्रेस कमजोर छैन भन्ने प्रमाणित...

मध्यपहाडी लोकमार्गको शुरुवाती विन्दु चिवाभन्ज्याङ गणेशचौक सडक दुई बर्ष भित्र सम्पन्न हुने

पाँचथर (फिदिम) । नेपालको गौरवको आयोजना अन्तर्गत रहेको मध्य पहाडी लोकमार्गको उद्गम विन्दु भारतको सिक्किम राज्यसँग सीमा जोडिएको पाँचथर जिल्लाको चिवाभन्ज्याङ्ग गणेश चौक सडक आगामी २०८२ पौष मसान्त सम्ममा पूर्ण रुपले कालोपत्रे हुने भएको छ । उक्त सडकले मेची राजमार्गको गणेशचौक छुन्छ भने तमोर करिडोरको सुभाङ्ग खोलाबाट १९ किमी अगाडि मेची राजमार्गकै गणेश चौकलाई छुन्छ । रानी विराटनगरबाट तमोर करिडोरको लावरबोटे (मुलघाट)...

शिक्षा र स्वास्थ्यमा निरन्तर सहयोग भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस प्रदान

काठमाण्डौ । नेपालमा भारत सरकारको अन्य क्षेत्रहरुमा झै शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग रहँदै आएको छ । पछिल्लो पटक वैसाख २ गते आइतबार भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरेको छ । भारतीय राजदुतावास काठमाण्डौमा आयोजित एक विशेष समारोहबीच ३५ वटा एम्बुलेन्स र ६६ वटा बसहरु उपहार स्वरुप प्रदान गरिएका...

आसाम राइफल्सका डाइरेक्टर जनरल नायरको धरानमा भूपूहरुद्वारा भव्य स्वागत भूपूहरुको सेवा सुविधाको जानकारीसँगै वीर नारी र वीरता पदक पाउनेहरुलाई सम्मान

धरान । भारतको आसाम राइफल्सका धरान १० निवासी लेÏिटनेन्ट क्याप्टेन एन.एन. क्षेत्री एक्कासी भावविभोर हुनुभयो । ९७ बर्षीया क्षेत्री भावविभोर हुनुको प्रमुख कारण थियो पहिलो पटक धरान आउनु भएका आसाम राइफल्सका डाइरेक्टर जनरल प्रदिप चन्द्रन नायरसँगको भेटघाट । क्षेत्रीले डाइरेक्टर जनरलको हात समातेर नव बर्षको शुभकामना मात्र दिनु भएन आसाम राइफल्सको गौरव अझ बृद्धि हुँदै जाओस् भन्ने कामना समेत गर्नुभयो...

इलाम क्षेत्र नं. २ कोे उपनिर्वाचनमा नेपाली का“ग्रेसका खड्काको स्थिति मजबुत

धरान । आउँदो वैसाख १५ गते इलाम क्षेत्र नं. २ मा हुने संघीय सांसदको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उमेद्वारी दिनु भएका डम्मर खड्काको स्थिति मजबुत देखिएको छ । सामान्य परिवारका, विद्यार्थी राजनीतिबाट आउनु भएका सामाजिक अभियन्ता समेत रहनु भएका नेपाली काँग्रेस इलाम जिल्ला सभापति खड्का प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत इलाम क्षेत्र नं. २ बाट प्रत्यासी हुँदा झिनो मतले पराजित हुनु...

भारत सरकारको आर्थिक सहयोगमा विद्यालय, छात्रावास भवन निर्माण र शिलान्यास

खोटाङ (दिक्तेल) कोशी प्रदेशको पहाडी जिल्ला खोटाङको रावावेशी गाउँपालिका स्थित शारदा माध्यामिक विद्यालयको नव निर्मित विद्यालय एवम् छात्रवास भवनको चैत्र २२ गते विहीबार उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारले नेपाली रुपैया ३ करोड ६१ लाखको आर्थिक सहयोगमा बनेको उक्त भवनको काठमाण्डौस्थित भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखर, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र रावावेशी...

इलाम क्षेत्र नं. २ मा वैसाख १५ गते हुने निर्वाचनमा नेपाली काँग्रेसले उमेद्वार टुंगो लगाउन सकेन अन्य दलका उमेद्वार मतदाताको घरदैलोमा : एमालेलाई वर्चस्व जोगाउन मुस्किल

इलाम । इलाम क्षेत्र नं. २ मा आगामी वैसाख १५ गते हुने निर्वाचनको सरगर्मी ह्वात्तै बढे पनि सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले हालसम्म उमेद्वारको समेत टुंगो लगाउन नसक्दा इलाम काँग्रेसमा अन्यौलता छाएको छ । इलाममा हुने उपनिर्वाचनमा राजनैतिक दलभन्दा पनि स्वतन्त्र रुपमा उमेद्वार दिनेहरुको यतिबेला लर्को नै लागेको छ । स्वतन्त्र उमेद्वारी दिनेहरु आफ्ना एजेण्डा लिएर मतदाताहरुको घर दैलोमा पुगेर...

शायद आज मित्र खुमबहादुर खडकालाई संझिने दिन हो

जयप्रकाश आनन्द हिजो अस्ति दांग तिर कतै उहाँको प्रतिमाको अनावरण गरियो । धेरैले आलोचना गरेका छन्। अहिले यस्तो हुनु स्वभाविक पनि हो । कसले यसको जवाफ दिन सक्छन र ? इतिहासका पानाहरूमा धुलोको बाक्लो परत जमा भएको छ । कार्तिक १५, ०५९ मा नियतिले खुमबहादुर खडका र मलाई थुनाको एउटै कोठामा पु¥यायो । पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई पनि अख्तियारले थुनामा राख्ने...

सीमाले मात्र नेपाल र भारतबीचको सम्बन्धमा दरार ल्याउन सक्दैन–केदार कार्की, मुख्यमन्त्री–कोशी प्रदेश

धरान । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपाल र भारतबीचको सम्बन्धमा केवल सीमाले मात्र दरार ल्याउन नसक्ने बताउनु भएको छ । मुख्यमन्त्री कार्कीले उक्त कुरा भारतीय राजदुतावास काठमाण्डौस्थित स्वामी विवेकान्द साँस्कृतिक केन्द्र र पेन्सन वितरण कार्यालय धरानको संयुक्त आयोजनामा बुधबार साँझ भारतको ओडिसाबाट विख्यात कलाकार काकाली बोसको नेतृत्वमा आएको टोलीको मनमोहन ओडिसी डान्स कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो ।...